×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कता हराए शेयर बजारका रोहन शर्मा ?

PRIME CA
GLOBAL IME BANK

कता हराए शेयर बजारका रोहन शर्मा ?

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रोहन शर्मा । शेयर बजारमा सुनिरहिने एउटा नाम । फेसबुकमा ‘रोहन’ शर्मा’ को परिचयबाट शेयर बजारका विश्लेषणहरु पोष्ट गरिरहेका थिए उनी केहि समय अगाडीसम्म । उनी खासमा को हुन्, कहाँ बस्छन्, थोरैलाई मात्र थाहा होला । तर नेपाली शेयर बजारकाबारे सटिक विश्लेषण गर्थे उनी । खासमा सत्य यहि हो, उनको फेसबुक स्ट्याटस हेरेरै शेयर बजारमा लगानी गर्नेहरु पनि छन् ।   उनले फेसबुकको इन्ट्रोमा लेखेका थिए, ‘नेपालको शेयर बजारमा लगानी गरेर जीवन गुजारा गरिरहेको एउटा युवा !’ तर एकाएक उनी सामाजिक सञ्जालबाट हराएपछि उनको चर्चा झन् चुलिएको छ । ‘आखिर कहाँ गए रोहन शर्मा ? को थिए रोहन शर्मा ? किन रहाए रोहन शर्मा ?

यसरी हराए शर्मा 
मेरो लगानी डटकमका सम्पादकले उनीमाथि नक्कली एकाउन्ट बनाउँदै शेयर बजारको बहस गरेको आरोप लगाएका थिए । उक्त आरोप पछि उनले विचार नै आफ्नो परिचय भएको भन्दै फेसबुकमा पोष्ट गैरका थिए । केहि दिन पछी उनले नेपालको चर्चित आर्थिक पत्रिका शेयर बजारका सम्पादकको तस्विर आफ्नो प्रोफाइलमा पोष्ट गरेका थिए । केहि दिनपछि फेरी उनको प्रोफाइल पिक्चर परिवर्तन भयो । त्यसपछि एकाएक उनी सामाजिक सञ्जालमा हराए ।      

बजारमा यस्तो हल्ला :  
उनको वास्तविक परिचय बारे थुप्रै अफवाहरु पनि छन् बजारमा । उनी  र पुष्प बराल एकै व्यक्ति हुन् भन्ने फेसबुके जमात पनि छ । कुनैबेला उनले यसबारे पनि आफ्नो धारणा फेसबुकमा ब्यक्त गरेका थिए । पछी चलेको अर्को हल्ला उनी काठमाडौँबाट प्रकाशित हुने एक साप्ताहिक पत्रिकाका सम्पादक हुन् । उनको परिचय पत्रकारहरुले नै खोज्न थालेपछि उनले उक्त एकाउन्ट बन्द गरेको भन्ने चर्चा गर्ने जमात पनि छ ।   
शेयरसम्बन्धि बहस हुने फुसबुक ग्रुपमा उनी हिरो नै थिए भन्दा पनि फरक पर्दैन । बजारका नकारात्मक पक्षलाई प्रहार गर्ने, आफुले जानेको विषय शेयर गर्ने उनको बानीले धेरै लगानीकर्ताहरु उनलाई गुरु मान्नेहरु धेरै थिए ।

यो पनि पढ्नुहोस् :
टिप्पणी :शेयर बजारमा रोहन शर्मा, विचारनै उनको परिचय…!

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: