
रोहन शर्मा । शेयर बजारमा सुनिरहिने एउटा नाम । फेसबुकमा ‘रोहन’ शर्मा’ को परिचयबाट शेयर बजारका विश्लेषणहरु पोष्ट गरिरहेका थिए उनी केहि समय अगाडीसम्म । उनी खासमा को हुन्, कहाँ बस्छन्, थोरैलाई मात्र थाहा होला । तर नेपाली शेयर बजारकाबारे सटिक विश्लेषण गर्थे उनी । खासमा सत्य यहि हो, उनको फेसबुक स्ट्याटस हेरेरै शेयर बजारमा लगानी गर्नेहरु पनि छन् । उनले फेसबुकको इन्ट्रोमा लेखेका थिए, ‘नेपालको शेयर बजारमा लगानी गरेर जीवन गुजारा गरिरहेको एउटा युवा !’ तर एकाएक उनी सामाजिक सञ्जालबाट हराएपछि उनको चर्चा झन् चुलिएको छ । ‘आखिर कहाँ गए रोहन शर्मा ? को थिए रोहन शर्मा ? किन रहाए रोहन शर्मा ?
यसरी हराए शर्मा
मेरो लगानी डटकमका सम्पादकले उनीमाथि नक्कली एकाउन्ट बनाउँदै शेयर बजारको बहस गरेको आरोप लगाएका थिए । उक्त आरोप पछि उनले विचार नै आफ्नो परिचय भएको भन्दै फेसबुकमा पोष्ट गैरका थिए । केहि दिन पछी उनले नेपालको चर्चित आर्थिक पत्रिका शेयर बजारका सम्पादकको तस्विर आफ्नो प्रोफाइलमा पोष्ट गरेका थिए । केहि दिनपछि फेरी उनको प्रोफाइल पिक्चर परिवर्तन भयो । त्यसपछि एकाएक उनी सामाजिक सञ्जालमा हराए ।
बजारमा यस्तो हल्ला :
उनको वास्तविक परिचय बारे थुप्रै अफवाहरु पनि छन् बजारमा । उनी र पुष्प बराल एकै व्यक्ति हुन् भन्ने फेसबुके जमात पनि छ । कुनैबेला उनले यसबारे पनि आफ्नो धारणा फेसबुकमा ब्यक्त गरेका थिए । पछी चलेको अर्को हल्ला उनी काठमाडौँबाट प्रकाशित हुने एक साप्ताहिक पत्रिकाका सम्पादक हुन् । उनको परिचय पत्रकारहरुले नै खोज्न थालेपछि उनले उक्त एकाउन्ट बन्द गरेको भन्ने चर्चा गर्ने जमात पनि छ ।
शेयरसम्बन्धि बहस हुने फुसबुक ग्रुपमा उनी हिरो नै थिए भन्दा पनि फरक पर्दैन । बजारका नकारात्मक पक्षलाई प्रहार गर्ने, आफुले जानेको विषय शेयर गर्ने उनको बानीले धेरै लगानीकर्ताहरु उनलाई गुरु मान्नेहरु धेरै थिए ।
यो पनि पढ्नुहोस् :
टिप्पणी :शेयर बजारमा रोहन शर्मा, विचारनै उनको परिचय…!
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्