×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साेलुखुम्बुमा तरकारी उत्पादनमा वृद्धी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

साेलुखुम्बुमा तरकारी उत्पादनमा वृद्धी

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साेलुखुम्बुकाे छेस्काम गाविसमा कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ ।

छेस्काम गाविसका करिब ७०० घरधुरीमा एकवर्ष अघिदेखि इकोसान (पिसाब सङ्कलन गर्न मिल्ने) चर्पी प्रयोगमा ल्याइएपछि सङ्कलित पिसाब तरकारीबालीमा प्रयोग गर्न थालिएको हो ।

शौचालयबाट सिधैँ ड्रममा सङ्कलन भएको पिसाब काउली, बन्दा, मुला, गाजर, गाँठगोभी लगायतका तरकारीबालीमा प्रयोग गर्न थालिएको स्थानीय कृषक छेस्काम– ३ का चन्द्रबहादुर राईले जानकारी दिएका छन् ।

खुल्ला दिशामुक्त अभियान अन्तर्गत ‘जि’ फाउन्डेसनको सहयोगमा सो गाविसका सबै घरधुरीमा इकोसान चर्पी बनाइएको हो । त्यस्तो चर्पीबाट सङ्कलन भएको पिसाबलाई गाविसका करिब ५०० घरधुरीका बासिन्दाले मलको रुपमा प्रयोग गर्ने गरेको ‘जी’ फाउन्डेसनका कर्मचारी प्रशान्त विकले जानकारी दिए ।

सुरुका दिनमा पिसाव सङ्कलन गरी प्रयोग गर्न स्थानीयवासीले घिन मान्ने तथा पिसाब प्रयोग गरेको तरकारी खान हुँदैन भन्ने सोचाइ रहेको भए पनि अहिले धेरैजसोले प्रयोग गर्न थालेको विकले बताएका छन् ।

पिसाबको प्रयोगबाट मलको आवश्यकता पूर्ति हुनाका साथै उत्पादनमा समेत वृद्धि भएको कृषक शङ्कर राईकाे भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: