×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाजिम्पाटमा भित्राउन नसकेकी एउटा छोराकी तेस्रो बुहारी प्रचण्डले बालुवाटारमा भित्राए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लाजिम्पाटमा भित्राउन नसकेकी एउटा छोराकी तेस्रो बुहारी प्रचण्डले बालुवाटारमा भित्राए

Artha Sarokar

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – शिर्जना त्रिपाठीसँग सम्बन्ध बिच्छेद नै नगरी छोरा प्रकाश दाहालले अर्की पत्नी विवाह गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै चार बर्षसम्म लाजिम्पाट निवासमा भित्राएनन् । तर प्रधानमन्त्री भएपछि दाहालले छोरा प्रकाशको तेस्रो विवाहलाई मान्यता दिँदै सरकारी निवास बालुवाटारमा भित्राएका छन् ।
प्रचण्ड निवास लाजिम्पाटमा छिर्न नपाएकी प्रकाश पत्नी विना मगगर बालुवाटारमा भित्राइएकी छिन् । त्रिपाठीसँग कानुनीरुपमा सम्बन्ध बिच्छेद नै भएको छैन । नेपालको कानुन अनुसार दुई पत्नी राख्न नपाउने प्रावधान छ । तर देशकै प्रधानमन्त्री दाहालले छोरा प्रकाशलाई दुई पत्नीको पति हुने अधिकार प्रदान गरेको दृष्टीले उल्लेख गरेको छ ।
प्रचण्ड पुत्र प्रकाशको पहिलो विवाह माओवादी नेता स्वर्गीय पोष्टबहादुर बोगटीकी छोरी प्रभासँग भएको थियो । उनीसँग सम्बन्ध बिच्छेद भएपछि प्रकाशले शिर्जना त्रिपाठीलाई दोस्रो पत्नी बनाएका थिए । उनीबाट छोरा समेत छ । छोरासहित की पत्नीलाई अलपत्र पारेर प्रकाशले अर्काकी पत्नी विना मगरसँग भागी विवाह गरेका थिए । तर विनालाई प्रचण्डले निवास लाजिम्पाटमा भित्राएका थिएनन् । लाजिम्पाटमा बस्न नपाएपछि प्रकाशले सिभिल अपार्टमेन्ट ललितपुरमा विनालाई राख्दै आएका थिए । पछिल्लो समय उनलाई सरकारी निवास बालुवाटारमा भित्राइएको छ ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी