काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३६० कम्पनीको १ करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा मेन्छियाम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्