Skip to content
LAXMI SUNRISE BANK

फरेनगुड्स भन्सार छलेर ल्याउदै गरेको पाँच लाख बराबरको पोसाक बरामद

अर्थ सरोकार

काठमाडौं
– भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको तयारी पोसाक
प्रहरीले आज शनिअर्जुन नगरपालिका – ९ स्थित गिरिबन्धु ‘टि स्टेट’ नजिकबाट
बरामद गरेको छ ।विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडका
प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा गएको प्रहरीको टोलीले मूल्य रु
पाँच लाख बढी पर्ने २२ पोका तयारी पोसाक बरामद गरी इलाका प्रहरी कार्यालय
बिर्तामोडमा राखिएको प्रहरी निरीक्षक जर्नादन घिमिरेले जानकारी दिए ।

तिहारलाई
लक्ष्य गर्दै ‘फरेनगुड्स’ भन्सार छलेर नेपाल भित्र्याइँदै छ भन्ने
सूचनालगत्तै पूर्वपश्चिम राजमार्गको शनिअर्जुन नगरपालिका – ९ स्थित टि
स्टेट नजिकबाट सो सामान बरामद गरिएको र त्यसलाई मेची भन्सार कार्यालय
काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जनाइएको छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK