×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घरेलु कामदारहरु अब संस्थागत रुपमा विदेश जान पाउने प्रक्रिया सुरु

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ – घरेलु कामदार संस्थागत रुपमै वैदेशिक रोजगारीमा जाने प्रक्रिया शुरु भएको छ । सरकारले संस्थागत रुपमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका जारी गरेको लामो समयपछि संस्थागत रुपमा नेपाली महिला घरेलु कामदार युएई र लेबनान गएका हुन् ।

गौशलास्थित अर्थ भिजन म्यानपावर सर्भिसेज प्रालिबाट संस्थागत रुपमा गत महिना एकजना महिला घरेलु कामदार लेबनान गएकी थिइन । मंगलबार थप दुईजना महिला युएई गएका छन् । राजधानीको सिनामंगलस्थित स्यारोन म्यानपावर सर्भिसेज प्रालिले दुई महिला कामदारलाई संस्थागत रुपमा युएई पठाएको हो । मंगलबार झापा गौरादह सीतापुरीकी मीना सुब्बा र बर्दिया तारातालकी कलावती चापागाई नेपाल एयरलाईन्सको उडानबाट त्यसतर्फ लागेका हुन् । सुब्बा ७ वर्षसम्म कुवेतमा कामगरी फर्केकी कामदार हुन् भने चापागाई पहिलो पटक वैदेशिक रोजगारीमा गएकी हुन् ।

दुईवर्षे भिषा अवधिका लागि गएका उनीहरुले मासिक तीन सय अमेरिकी डलर पारिश्रमिक पाउने जनाइएको छ । घरेलु कामदार भएकाले उनीहरुले आफूले कामगर्ने घरमा खान, बस्न पाउने छन् । युएई जान स्यारोन म्यानपावरबाट बिदाई हुनअघि उनीहरुले आफूहरु निःशुल्क रुपमा जान पाएको र प्रस्थान गर्नुअघिको तालिम खर्च पनि रोजगारदाताले नै व्यहोरिदिएको बताए ।

म्यानपावर कम्पनीका सञ्चालक श्यामबहादुर क्षेत्रीले अल वतन र अल मोमियाज भन्ने एजेन्सी मार्फत् नेपाली महिलाहरुले काम पाउने जानकारी दिए । नेपालीहरु महिला कामदार युएई लैजान दशवटा एजेन्सी युएईस्थित दूतावासमा सूचीकृत भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: