
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ३० नोभेम्बर, २०१६, बुधबारका दिन, नेपाली समय अनुसार ठिक ११ बजेर ३१ मिनेट जाँदा ३३२३४ नम्बरबाट ९८५१०१७९१४ मा एसएमएस आयो । एसएमएस एस ट्राभल्सले पठाएको थियो । क्रिस्मस र नयाँ बर्षको अवसरमा १२ दिनमा ६ युरोपिएन राष्ट्र घुमाउने भन्दै लागि टुर मेनेजर नारायण पौडेललाई ९८५१०७९९१६मा सम्पर्क गर्नु भनी उक्त एसएमएस आएको थियो ।
९८५१०१७९१४ मा मात्र होइन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भिजिट भिजा लिएर विभिन्न राष्ट्र घुम्न केहि समय अगाडीदेखि गएकाहरुलाई उक्त मेसेज पठाइएको थियो । उक्त नम्बर बोक्ने व्यक्ति अर्थात अर्थ सरोकारका सम्पादक केहि हप्ता अघिमात्र मलेसिया भ्रमण सकेर नेपाल फर्केका थिए र उक्त नम्बर इमिग्रेसनको फर्ममा उनले भरेका थिए ।
यसरी हुन्छ फोन नम्बरको व्यापार :
‘भिजिट भिजा लिएर विदेश जान इमिग्रेसनमा बुझाउन एक फर्म भर्नुपर्छ । त्यो फर्ममा नेपालको नम्बर समेत मागिएको हुन्छ । भिजिट भिजामा विभिन्न देशमा गएका नेपालीहरुको फोन नम्बरको रेकर्ड समेत एयरपोर्टसँग हुन्छ । त्यहि नम्बर एस ट्राभल्सले किन्छ र तीनै नम्बरहरु मध्ये नयाँ-नयाँ नम्बर छानेर उसले आफ्ना विभिन्न प्याकेजहरुको विज्ञापन गर्छ । ‘ स्रोतले अर्थ सरोकार डटकमलाई भन्यो । यतिमात्र होइन, एस ट्राभल्सले यसरी किनेका नम्बरहरुमा सम्पर्क गर्दा कोहि कम्पनीले तोकेको प्याकेजमा विदेश जाने पक्कापक्की भयो भने त्यस वापत समेत एस ट्राभल्सले एयरपोर्टका कर्मचारीहरुलाई कमिसन दिने गरेको स्रोतको दावी छ । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एयरपोर्टकै एक कर्मचारीले एस ट्राभल्स सँगको मिलेमतोमा यसरी विदेश घुम्न जाने नेपालीहरुको फोन नम्बरको व्यापार हुने गरेको बताए ।
एयरपोर्टका प्रबन्धकसम्म पुग्छ कमिसन :
यसरी एस ट्राभल्सले नम्बर किने वापत दिने रकममध्येको राम्रो हिस्सा एयरपोर्टका प्रबन्धकसम्म पुग्ने स्रोतको दावी छ । ‘जनताको फोन नम्बरको व्यापार गरेर एस ट्राभल्सले करोडौं रुपैयाँ कमाएको छ भने एयरपोर्टका कर्मचारीहरुले समेत एस ट्राभल्सबाट राम्रो कमिसन पाउने गरेका छन् ।’ स्रोत अगाडी भन्छ, ‘यसरी नम्बर बेच्ने कर्मचारीका आफन्तलाई एस ट्राभल्सले सस्तो वा अवस्था हेरेर निशुल्क समेत विदेश घुमाउने गरेको छ । यसरी नम्बर बेचबिखनमा लाखौँको चलखेल हुन्छ भने विगत लामो समयदेखि एस ट्राभल्सले यसरीनै जनताको नम्बर किनेर व्यापार गरिरहेको छ । यसबारे हामीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
के भनछन् एस ट्राभल्सका टुर मेनेजर ?
हामीले यस विषयमा एस ट्राभल्सका टुर मेनेजर नारायण पौडेललाई सोधेका थियौं । उनले आफुहरुले त्यसरी नम्बर किन्ने नगरेको दावी गरेका छन् । ‘मेरो नम्बर कसरी एस ट्राभल्सले पायो त ?’ भन्ने हाम्रो प्रश्नमा उनले आफुहरुले ‘र्यान्डम सेलेक्सन’ गर्दा उक्त नम्बरमा एसएमएस गएको दावी गरे । हामीले पुन : ‘पहिला पहिला आउंदैनथ्यो, म अस्ती मलेसिया र सिंगापुर घुमेर आएपछि कसरी मेरोमा एस ट्राभल्सको एसएमएस आउन थाल्यो त ?’ भन्ने प्रश्न गर्दा उनले पुन: आफुहरुले कुनै पनि नम्बरमा एसएमएस गर्ने दावी गरे । हामीले पुन : ‘कुनै पनि नम्बरमा आउने भए विदेश नगएका मेरा साथीहरुको फोनमा यस्तो एसएमएस किन आउंदैन त ?’ भन्ने प्रश्न गर्दा उनले केहि रुन्चे स्वरमा ‘आउंदै होला नि’ भन्दै फोन काटे ।
र हामी निरन्तर खोजीमा छौं…
यसअघि पनि हामीले एस ट्राभल्स ले गर्ने गरेका विभिन्न कर्तुतहरूबारे अनुसन्धान गरेका थियौं । हाम्रा पाठक तथा स्रोतले दिएको जानकारीका आधारमा हामीले एस ट्राभल्सका विभिन्न कर्तुतबारे खोजी गरिरहेका छौं । यसरी नम्बर बेच्नु वा किन्नु दुवै कानुन:त अपराध भएकाले एस ट्राभल्स प्रालि र एयरपोर्टका सम्बन्धित कर्मचारीहरुलाई कारवाही नभएसम्म हामी निरन्तर फलअपमा हुनेछौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्