Skip to content
LAXMI SUNRISE BANK

प्रोभिजन रकम १० करोड नाघेपछी माछापुछ्रे बैकमा जोखिम बढ्यो !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता

घरजग्गामा अत्याधिक मात्रामा कर्जा बढाएसँगै माछापुच्छ्रे बैंकमा जोखिम बढेको छ । बैंकले चालुु आर्थिक बर्षको असोज मसान्तसम्ममा घरजग्गा क्षेत्रमा तीन अर्ब पाँच करोड ९३ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ जवकी गत आवको सोही अवधिमा उक्त क्षेत्रमा बैंकको कर्जा लगानी दुुई अर्ब ३४ करोड ८८ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा बैैंकले ४४ अर्ब ७० करोड १० लाख रुपैयाँ निक्षेप संंकलन गरी ३६ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेकोमा ३७ करोड ९९ लाख चार हजार रुपैयाँ खुुद व्याज आर्जन गरेको थियो ।
संभावित जोखिम व्यवस्थापनबाट फिर्ता रकम (राईट व्याक) मार्फत बैंकले यही असोज मसान्तसम्ममा तीन करोड २० लाख रुपैयाँ प्राप्त गरेपछि बैंकको नाफा बढेर २४ करोड ६९ लाख ५१ हजार रुपैयाँ पुुगेको छ ।
गत आवको सोही अवधिमा बैंकले एक करोड एक लाख ९४ हजार रुपैयाँ राईट व्याक रकम प्राप्त गर्दा नाफा १७ करोड ३१ लाख २४ हजार रुपैयाँमा सिमित रहेको थियो । घरजग्गा क्षेत्रमा कर्जा बढेपछि बैंकको संभावित जोखिम व्यवस्थापन रकम पनि उच्च दरमा बढेको छ । बैंकले यही असोज मसान्तसम्ममा उक्त शिर्षक अन्र्तगत १० करोड ९१ लाख ७४ हजार रुपैयाँ छुुट्याएको छ । गत आवको सोही अवधिमा यस्तो रकम दुुई करोड १९ लाख १९ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी चार अर्ब ६६ करोड ६४ लाख रुपैयाँ रहेको बैंकले यही असोज मसान्तसम्ममा ५८ अर्ब १३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ८७ करोड ४३ लााख रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त निक्षेप तथा कर्जा लगानीबाट बैंकले ५३ करोड ५२ लाख ७१ हजार रुपैयाँ खुद व्याज आर्जन गरेको छ ।
यही असोज मसान्तसम्ममा खराव कर्जाको अनुपात शुन्य दसमलव ५४ प्रतिसत रहेको बैंकको स्प्रेड दर चार दसमलव छ प्रतिसत रहेको छ । गत आवको असोज मसान्तसम्ममा बैंकमा निष्क्रिय कर्जाको अनुपात शुन्य दसमलव ४७ प्रतिसत रहेकोमा स्प्रेड दर चार दसमलव ५३ प्रतिसत रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK