×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

EXCLUSIVE : सिनर्जी फाइनान्सको कर्तुत नम्बर १: बैंकिङ कसुरको अभियोग लागेका व्यक्तिनै संस्थाको सीइओ !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौँ – बैंकिङ कसुरको अभियोगमा जेल परिसकेका व्यक्ति सिनर्जी फाइनान्समा अहिले प्रमुख कार्यकारी अधिकृत (सीइओ) को पदमा कार्यरत रहेको खुलासा भएको छ । सिनर्जी फाइनान्स कम्पनीमा हाल प्रमुख कार्यकारी अधिकृतको पदमा रहेका बिनितमणि उपाध्याय विगतमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा जेल परेका व्यक्ति थिए ।

यस्तो थियो उनले गरेको घोटाला
तत्कालीन वल्र्ड मर्चेन्ट फाइनान्समा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दुबै पदमा रहेका उपाध्याय उक्त फाइनान्स घोटाला प्रकरणमा पक्राउ परेर जेलसमेत बसेका थिए । वल्र्ड मर्चेन्ट फाइनान्समा कार्यरत रहँदा उपाध्याय, ज्ञानेन्द्र श्रेष्ठ र सोही फाइनान्सका पूर्वप्रमुख कार्यकारी अधिकृत रञ्जित कोइरालासमेतले आठ करोड रुपैयाँभन्दा बढी घोटाला गरी बैकिङ कसुर गरेको अभियोग लागेको थियो । 
अभियोग लागेका कोइरालाले घटना सार्वजनिक भएलगत्तै देश छाडेका थिए । तत्पपश्चात् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वल्र्ड मर्चेन्ट प्रमुख कार्यकारी उपाध्याय र श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको थियो ।
बैंकिङ काण्ड जसले दुबई भगायो…
केही समय सीआइबीको हिरासतमा बसेका उपाध्याय अदालतले मागेको धरौटी बुझाएर रिहा भएका थिए । उक्त घटनापश्चात् बैंकिङ क्षेत्रबाट पलायन भएका उपाध्याय केही समय दुबईमा गएर समेत बसेका थिए । नेपाल फर्केलगत्तै फाइनान्सको वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धतासहित सिनर्जीको सञ्चालक समितिलाई प्रभावमा पारेर फाइनान्स प्रवेश गरेका उपाध्याय अहिले पनि सिनर्जीलाई धराशायी बनाउने गम्भीर खेलमा लागेको श्रोतको दाबी रहेको छ ।
श्रोतकाअनुसार उपाध्यायले फाइनान्समा प्रमुख कार्यकारीको रूपमा आउँदा कम सेवा सुविधा लिएर भए पनि आफूले जुनसुकै हालतमा पनि संस्थाको सिङ्गो वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर जिम्मेवारी सम्हालेसँगै उनले फाइनान्सको चरम रूपमा श्रोत र साधनको दुरूपयोय गर्न थाले । फाइनान्सको नाममा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दा तथा खराब कर्जा उठाउने नाममा ब्याज छुट दिनेलगायतका विभिन्न नाममा लाखौँ रुपैयाँ कमिसन खाने गरेका छन् ।
वित्तीय क्षेत्रमा निकै नै चलाख र धुर्तसमेत मानिँदै आएका उपाध्यायले सम्पत्ति बिक्री प्रकरणमा खरिदकर्ताहरूलाई कम मूल्यमा टेण्डर हाल्न लगाई स्वीकृत गर्ने, बचेको फाइदा आएको रकम घुमाउरो रूपमा आफूले लिने गरेका छन् । आम्दानी बढेका कारण गाडी पनि नयाँ खरिद गरेको हुन सक्ने श्रोतले जनाएको छ ।

यो समाचार लेखकलाई फलो गर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: