×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

त्रिबेणी विकास बैंकको सात शाखामा रोजगारीको अवसर

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – त्रिबेणी विकास बैंकले जुनियर एसिस्टेन्ट देखि सुपरभाइजरसम्मका लागि दर्खास्स्त आब्हान गरेको छ। बैंकले  काठमाडौँ उपत्यकाबाहिर काभ्रे, सुनसरी, पर्सा, रुपन्देही, पाल्पा, लमजुङ र कास्की का शाखाहरुका लागि दरखास्त आब्हान गरेको हो। 
सुपरभाइजरका तथा एसिस्टेन्ट सुपरभाइजरका लागि कम्तीमा दुई वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएको र उमेर ३० वर्ष ननाघेको हुनुपर्ने छ भने कम्तिमा व्यवथापन संकायमा  स्नातक उतीर्ण गरेको हुनुपर्नेछ। 
त्यस्तै जुनियर एसिस्टेन्टका लागि पनि कम्तिमा व्यवथापन संकायमा  स्नातक उतीर्ण गरेको हुनुपर्नेछ भने उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ । स्थानीयलाई बढी प्राथमिकतामा राखिने बैंकले जनाएको छ।  
त्रिबेणी विकास बैंकमा बैंकिङ करियर बनाउन चाहना राख्ने तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी १९ नोभेम्बर अर्थात मंसिर ४ गतेभित्रमा हस्तलिखित निवेदन, वायोडाटा, नागरिकताको फोटोकपि, शैक्षिक योग्यता झल्काउने प्रमाणपत्रहरु, अनुभव झल्काउने प्रमाणपत्रहरु र एक प्रति पासपोर्ट साइजको फोटो पोस्ट बक्स नम्बर २०७१३ काठमाडौँ या बैंकको इमेल ठेगाना[email protected] मा पठाउनुपर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: