Skip to content
LAXMI SUNRISE BANK

‘यी ७ कारण जसले गर्दा बजार घट्ने निश्चित छ’, दुर्गाप्रसाद काफ्लेको विश्लेषण

अर्थ सरोकार

केहि दिनअघि अर्थ सरोकार टेलिभिजन कार्यक्रममा लगानीकर्ता संघका सदस्य हरिष दाहालले मलाइ इंकित गर्दै तर्क विना कुराहर गर्छ भन्ने आरोप लगाउनुभएछ । यसो त सेयर बजारका फोरमहरुमा पनि विभिन्न बुज्रुकहरुले यस्तो आरोप लगाउंदै आएका थिए । बुझ्नेलाई पो बुझाउनु, बुझेर पनि बुझ पचाउनेहरुलाई के बुझाउनु भनेर शान्त बसेको थिएँ । आज केहि तर्कहरु प्रस्तुत गर्दैछु ।
बजार कसरी पुग्यो १८८८, एक समिक्षा :
१८८८ मा बजार पुग्दा साना लगानीकर्ताहरुलाई सचेत गराइएन, किन ? धेरै साना गरिव र नबुझेका लगानीकर्ता डुबेका छन् । यसको जिम्मा कसले लिन्छ ? कालो धन भएको पुष्टि पनि नियमनकारी निकायले किन कार्वाही नगरेको ? कालो धननै हो बजार यसरि बढाउने । जव बजार बलियो हुन्छ र दिगो हुन्छ, तव जनताले बुझ्नेछन्, अहिले माफियाहरुले बुझेका छन् बजार १८८८ सम्म कसरी पुग्यो भनेर ।    
बजार १८८१ पुगेको होइन पुर्याइएको हो 
नेप्से १८८१मा पुर्याउनु, अनि सेयर बेचेर मार्जिन ल्याण्डीङमा कडाइ गर्नु भित्र राष्ट्र बैंकको नियत सीधा झल्किन्छ । बजार बलियो हुनको लागि त लाइसेन्स थप्नु पर्यो, अनलाइन ट्रेडिङ हुनुपर्यो , गैर आवासीय नेपालीहरुमा बजारको पहुँच हुनुपर्यो लगायतका केहि सुधारहरु गर्नुपर्छ।  तर अव हुन्छ, भोलि हुन्छ, पर्सि हुन्छ, केहि दिनमा हुन्छ भन्ने हल्ला फिंजाएर, बजार बढाइयो । जुन दिगो थिएन पनि , हुँदैन पनि  ।    लगानीकर्ता प्रशिक्षण कार्यक्रम गर्ने, देशव्यापी कार्यक्रम गर्ने गर्नुपर्छ । यहाँ त बढ्छ, बढ्छ भनेर मिदियाबाजी बाहेक केहि गरिएको छैन । लगानीकर्ता सचेत हुन जरुरी छ ।
यसकारण बजार घट्छ :
१. अस्वाभाविक बढेको बजार जसरी पनि घट्छ । बजार घट्नु नै छ र घट्छ।  किनकि यो स्वाभाविक रुपमा बढेको बजार होइन, बढाइएको र फुलाईएको बजार हो ।  
२. साना लगानीकर्ताहरुलाई फसाएर ठुला लगानीकर्ताहरु रमिता हेरेर बसेका छन् । बजारमा ठुला लगानीकर्ता हरु नै छैनन् अहिले भन्दा पनि फरक पर्दैन । साना लगानीकर्ताहरुले बजार धानेका छन्। 
३. अहिले बजार घटाउन केहि नियमनकारी निकाय नै लागेको देखिन्छ । बजार घटेको बेला किन्ने दाउमा ठुला लगानीकर्ताहरु छन् ।
४.   व्याजदर व्यापक बढेको अवस्था हो।  यसले नेपाली पूँजीबजार घटाउँछ नै ।
५. सेयर लोन लिएका केहीलाई मार्जिन कल आउन थालिसक्यो।  यो बजार घट्ने अर्को कारण हो ।
६. राइट र एफपीओ को खोलो आएको छ । आफ्नो अबै सिध्याएर दिएको बोनस ले वित्तीय संस्थाहरु कमजोर हुँदैछन् ।
७.  बन्द हडताल हुनु । यसले बजार अझै कमजोर बनाइरहेको छ ।
सबन्धित निकाय कानमा तेल हालेर बसेको छ । बजार बलियो बनाउनुपर्ने सोचमा कोहि पनि छैनन् । त्यसैले बजार कमजोर छ र कमजोर बजार धेरै दिन टिक्दैन । लगानीकर्ताहरु सचेत हुन आवश्यक छ ।         
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK