×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टियुलाई प्रश्न : के जसको परिक्षा जसले दिएपनि हुने हो ? नक्कली परीक्षार्थीलाई किन कार्वाही हुँदैन ?

PRIME CA
GLOBAL IME BANK

टियुलाई प्रश्न : के जसको परिक्षा जसले दिएपनि हुने हो ? नक्कली परीक्षार्थीलाई किन कार्वाही हुँदैन ?

१८ मंसिर २०७३, शनिबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने विभिन्न परिक्षामा नक्कली परीक्षार्थीको बिगबिगी बढेको छ । पटक-पटक अनुतीर्ण भएका वा परिक्षा दिन विविध कारणले नभ्याएकाहरुले पैसा तिरेर अरुलाई परिक्षा दिलाउने क्रम बढेको छ भने अर्कोतर्फ यसरी अरुको परिक्षा दिएर मोटो रकम लिने परीक्षार्थीहरु समेत बढेका छन् । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार टियुले सञ्चालन गरिरहेको कानुनशाश्त्र अन्तर्गतको एलएलबी प्रथम वर्षको परिक्षा, र स्नातकोत्तर प्रथम बर्षको परिक्षामा पनि यस्ता नक्काली परीक्षार्थीहरुले एलएलबी र एमबीएसको परिक्षामा केहि दिनयता निरन्तर विभिन्न परिक्षा केन्द्रमा परिक्षा दिए पनि उनीहरुलाई कसैले पनि छुन सकेन ।

प्रति परिक्षा १० हजार देखि ५० हजारसम्मको ‘डिल’ :
स्रोतका अनुसार यसरी अरुको परिक्षा दिंदा १० हजारदेखि ५० हजारसम्मको ‘डिल’ हुने गरेको छ । ‘व्यवस्थापन संकाय अन्तर्गत बिबिएस र एमबिएसको रेट महँगो छ भने एलएलबी, बिए र बी एडको रेट केहि सस्तो छ ।’ स्रोत अगाडी भन्छ, ‘बिबिएसको परिक्षा दिनेले एकाउन्ट्स. फाइनान्स, जस्ता विषयको परिक्षा दिंदा प्रति परिक्षा ३० हजारदेखि ५० हजारसम्म लिने गरेका छन् । यता बिए तर्फको परिक्षा दिंदा भने प्रति परिक्षा १० हजारदेखि २० हजारसम्मको ‘डिल’ हुने गरेको छ । 
क्याम्पसकै विद्यार्थीले गर्छन् दलाली, फेल भए पुन: परिक्षा दिनेसम्मको अफर 
‘यसरी अरुको परिक्षा दिने र दिलाउने दलाली क्याम्पसकै विद्यार्थीहरुले गर्ने गरेका छन् ।’ स्रोत अगाडी भन्छ, ‘विशेषगरी काठमाडौँको आरआर, मिनभवन क्याम्पस, शंकरदेव क्याम्पस, र नेपाल ल क्याम्पसमा यस्ता दलालीहरु भेटिने गरेका छन् । दलालीहरुले केहि रकम लिएर परिक्षा दिने र दिलाउनेबीच संयोजन गरिदिने स्रोतको दावी छ । ‘ दलालले दुवैतर्फबाट कमिसन लिने गरेका छन् । परिक्षा दिएर पैसा लिनेसँगपनि कमिसन लिने र परिक्षा दिलाएर पैसा दिन लगाउनेसँग पनि यसरी कमिसनको खेल हुने गरेको छ ।

सोझा तर ट्यालेन्टको प्रयोग, नक्कली परीक्षार्थीमा महिला बढी 
यसरी नक्कली परीक्षार्थीमा देख्दा सोझा देखिने र ट्यालेन्ट विद्यार्थीहरु प्रयोग हुने स्रोतको दावी छ । ‘देख्दा सोझो देखिनेहरुलाई यसरी परिक्षामा प्रयोग गरिन्छ । उनीहरु पनि पहिलो पटक डराएपनि केहि नभएपछि दोश्रो पटकदेखि निस्फिक्री यस्तो धन्दा गर्ने गरेका छन् ।’ स्रोत अगाडी भन्छ, ‘आरआरमा पढ्ने एक सोझी विद्यार्थीले अर्को संकायको परिक्षा दिन थालेको ३ वर्षजति भयो होला । उनलाई अझै पनि कुनै पनि निकायले छुन सकेको छैन । झट्ट हेर्दा उनले अरुको परिक्षा दिन्छिन् भन्ने पत्याउन नै गाह्रो छ ।’

सीआईबीको दायरा खुम्चिंदा विकृति !
सीआईबीमा समक्ष समेत यस्ता उजुरीहरु परिसकेको छ । तर त्रिभुवन विश्वविद्यालय आफैंमा स्वायत्त निकाय भएकाले उसको गतिविधिमा हस्तक्षप गरिहाल्न नमिल्ने सीआईबी स्रोतको भनाइ छ । ‘परिक्षा दिईसकेपछी उजुरी आएपछि हामीले यसबारे बुझेको पनि हो । तर हाम्रा पनि केहि बन्धनहरू छन् । त्रिभुवन विश्वविद्यालय आफैंमा एक स्वायत्त निकाय भएकाले उसको गतिविधिमा हस्तक्षप गरिहाल्न मिल्दैन । ‘   सीआईबीका एक अधिकृतले अर्थ सरोकार डटकमसंग भने । 
यस्तो सजिलोसँग दिइन्छ नक्कली परिक्षा ! दलालहरु भन्छन्, ‘यो त बर्षौंदेखिको चलन हो !’
‘नक्कली परिक्षा दिन एकदमै सजिलो छ । केटाको परिक्षा भए केटा नै नक्कली परीक्षार्थी छानिन्छ भने केटिको परिक्षा भए केटि नै नक्कली परीक्षार्थी छानिने गरेको छ ।’ स्रोत अगाडी भन्छ, ‘ फोटोमा मिलाएर होलोग्राम उक्काउने र त्यसमा आफ्नो फोटो टाँसेर परिक्षा हलमा बस्ने ।  त्यसो  भएपछि कसैले पनि केहि गर्न सक्दैन ।  खुरुखुरु परिक्षा दिने, बाहिर आउने ।  पैसा पहिला नै लिइसकेको हुन्छ । ‘ यसरी आफ्नो फोटो राख्न, होलोग्राम उक्काउन लगायतका किर्ते काम गर्न अरुको परिक्षा दिइरहेकाहरुलाई गाह्रो पनि छैन । ‘ यता यस्तो परिक्षा ददाली गर्नेहरुले भने यस्तो काम धेरै अघिदेखि हुने गरेको बताएका छन् ।  ‘अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै यस्ता एक दालालले आफ्नो नाम नबताउने सर्तमा भने, ‘फसेपनि परिक्षा दिने र दिलाउने फस्ने हो ।  हामेलीई कुनै मतलव हुन्न व बस कमिसन लियो, काम गर्यो ।

के भन्छन टियुका कर्मचारी ?
यस विषयमा हामीले त्रिभुवन विश्वविद्यालयमा सम्पर्क गरी बुझ्ने प्रयास गरेका थियौं । ‘उजुरी परेको खण्डमा कार्वाही प्रक्रिया अगाडी बढाउन् सकिन्छ । तर यस्तो हुने गरेको हामीले पनि निकै सुनेका छौं । उजुरी नै नपरेपछि हामी पनि केहि गर्न सक्ने अवस्थामा छैनौं । ‘   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: