
काठमाडौँ । केहि दिनअघि सार्वजनिक सम्तत्ति विवरणमा स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापाको जायजेथा अरु मन्त्री भन्दा फरक देखियो। कसैसँग मनग्गे जग्गा त कोही सुनचाँदीको सौखिन देखिए। थापाले भने एक पेज भरिने गरि बिभिन्न कम्पनीको सेयर रहेको विवरण सार्वजनिक गरे।
बुबा आमाले थालेको बिभिन्न कम्पनीको प्राथमिक निष्कासन (आइपिओ) आवेदनलाई थापाले पनि निरन्तरता दिएका छन्। गगनसँग आफुसहित बुबा महेन्द्र, आमा रामेश्वरी, श्रीमती अञ्जना र छोरीहरू जियाना एवं गार्गी नामको सेयर रहेको छ। गगनसँग धेरै कम्पनीको स(सानो कित्ता सेयर रहेको छ। गगनको
परिवारको नाममा रहेको सबै आइपिओमा परेको सेयर हो ।
मन्त्री थापाको घरमा रहेको ६ जना परिवारको नाममा एनआईसी एशिया बैंक, मेगा बैंक, सिभिल बैंक, सिटिजन्स बैंक, अपी पावर, अपर तामाकोशी हाइडो, ग्रनि डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, न्यादीखोला हाइड्रो, खानीखोला हाइडो, जलबिद्युत लगानी तथा विकास कम्पनी, बैंक अफ काठमाडौं, बरुण हाइड्रोपावर, जनता बैंक लायतको सेयर छ । उनीसँग सबैभन्दा बढी मेगा बैंकको १३१० कित्ता सेयर छ ।
गगनको सेयर हेर्दा आम लगानीकर्ता जस्तै एउटा आवेदन फर्म मार्फत ५÷१० हजार रुपैयाँको लगानी गरेको देखिन्छ। उनीसँग सबै कम्पनीको गरि कूल तीन हजार ५४४ कित्ता सेयर छ। गत साताको अन्तिम मूल्यलाई आधार मान्दा उनीसँग भएको सेयरको बजार पूँजीकरण १६ लाख १० हजार रुपैयाँको देखिन्छ । सबै सेयर आइपिओमा किनेको हुँदा उनले प्रतिकित्ता १०० रुपैयाँ भन्दा धेरै लगानी गरेका छैनन्। यसरी तीन लाख ५४ हजार रुपैयाँको लगानी अहिले ३५४ प्रतिशतले दोस्रो बजारमा बृद्धि भएको छ । सेयर बाजार साप्ताहिकमा खबर छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्