×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महत्वकाँक्षी योजना सहीत आयो काठमाडौं क्यापिटल लिमिटेड, फरक क्षेत्रमा लगानी गर्ने उद्घोष

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महत्वकाँक्षी योजना सहीत आयो काठमाडौं क्यापिटल लिमिटेड, फरक क्षेत्रमा लगानी गर्ने उद्घोष

१४ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं- विविध महत्वकाँक्षी योजना सहित काठमाडौं क्यापिटल लिमिटेडको औपचारी शुभारम्भ भएको छ । सय करोड पुजी भएको काठमाडौं क्यापिटल लिमिटेडको मंगलवार उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए । 
एक अर्व पुजि भएको उक्त कम्पनीमा  हाल ७ जनाको संचालक समिती रहेको छ भने सर्वसाधारण शेयर जारी भएपछि सर्वसाधारण शेयर धनिबाट थप दुई जना संचालक समितीमा सदस्य थप गरिने बताइएको छ । २ सय छपन्न जना सस्थापक शेयर धनि रहेको काठमाडौं क्यापिटल लिमिटेडले पुजी बजारमा आफ्नो आगमन उत्पादन मुलक क्षेत्रमा लगानी र रोजगारी सृजना मार्फत राज्यलाई आर्थीक सम्बृद्धीमा डोर्याउनका लागि भएको बताएको छ । उसले नेपालका खानीहरुको अनुसन्धान, उत्खनन, हाइड्रोपावर निमार्ण लगायत विभिन्न उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बताएको छ । 
चुक्ता पुजि ३२ करोड रहेको उक्त कम्पनीले पहिलो बर्षमा शेयर धनिहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने र दोश्रो बर्ष ३० प्रतिशत लाभांश वितरण गर्ने लक्ष्य राखेको छ । नेपालमा लव्धप्रतिष्ठित व्यापारीहरु, बैंकर, सिए लगायतले उक्त कम्पनीमा लगानी गरेका छन् । 
कार्यक्रममा बोल्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले काठमाडौँ क्यापिटललिमिटेडले गाँउगाँउमा गएर सम्भावना भएका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा भएका पव्लिक इन्भेष्टमेन्ट कम्पनीले सहर कन्द्रीत भएर घर जग्गामा मात्र लगानी गरेको भन्दै यो कम्पनीलाई उत्पादनसिल क्षेत्रमा लगानी गर्न आग्रह गरे । 
देश र जनताको लागि काम गर्ने जो सुकै कम्पनीलाई पनि आफूले सहयोग गर्ने बताउँदै मन्त्री जोशीले कम्पनीको बारेमा सोच्न भन्दा देशको बारेमा सोचेर आफ्ना काम कारवाहीलाई अगाडी बढाउन अनुरोध गरे । कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष जलेश्वर पाण्डेले सबै शेयर सदस्यहरुको भवना अनुसार, नियम कानुनमा रही देश र जनताको पक्षमा कम्पनीले काम गर्ने बताए । 
त्यस्तै, काठमाडौं क्यापिटल लिमिटेडले नेपालमा सम्भावना बोकेका क्षेत्रहरुमा लगानी गरि देशको सम्बृद्धी गर्न तिर अगाडी बढ्ने संचालक समितीका सदस्य दिपक पाण्डेले बताए । स्वागत मन्तव्य राख्दै उनले नेपाल सम्भावनको भुमि हो, ति सम्भावनाहरुलाई चिनेर उत्पादन मुलक क्षेत्रमा लगानी गर्नका लागि काठमाडौं क्यापिटल लिमिटेडको स्थापना भएको बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: