Skip to content
LAXMI SUNRISE BANK

प्राधिकरणका तीन सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश भएको भोलिपल्टैदेखि लोडसेडीङ सुरु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – प्राधिकरणका तीन सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश भएको भोलिपल्टैदेखि लोडसेडीङ सुरु भएको छ । अहिले विहान ७ :३० बजेदेखि काठमाडौँ का विभिन्न स्थानहरुमा लोडसेडीङ सुरु भएको हो । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश हिजोमात्र दिएको थियो । 
लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोध गरेको भन्दै मन्त्रालयले ४ पुसमा सञ्चालक समिति सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई हटाएको थियो । तर, उक्त निर्णयविरुद्ध लामिछाने १२ गते सर्वोच्च गए ।
ती सञ्चालकहरुलाई नहटाउन आदेश भएको भोलिपल्टैबाट बत्ति जान सुरु हुनुले प्राधिकरणभित्रको भ्रष्टाचारलाइ थप छताछुल्ल भएको धेरैको बुझाइ छ । यद्यपी नेपाल विद्युत प्राधिकरणले भने मर्मत कार्य भइरहेको बताएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK