
- अर्थ सरोकार सम्बाददाता
एनवी इन्सुरेन्स वीमा सम्बन्धी ऐन विपरित चलिरहेको खुलासा भएको छ । वीमा सम्बन्धी ऐन अनुसार फौजदारी अभियोग प्रमाणित भएका कुनै पनि व्यक्ति इन्सुरेन्स कम्पनीको सञ्चालक पदमा बस्न नपाइने स्पष्ट उल्लेख छ । तर सो ऐनलाई मिच्दै एनवी इन्सुरेन्सको सञ्चालक पदमा सर्वोच्च अदालतले फौजदारी अभियोग प्रमाणित गरेका योगेन्द्र राई रहेको तथ्य खुलेको छ । उनी बालाजी इन्टरनेशनल प्रालि नामक कम्पनीको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहँदै आएका छन् ।
कम्पनीको नियम विपरित अध्यक्ष भन्दै हस्ताक्षर गरेको अभियोगमा मुद्धा परेपछि ‘राई नेशनल हाइड्रोको अध्यक्ष भएको मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि भएको नदेखिएको स्थितिमा राईले उक्त कम्पनीको अध्यक्षको हैसियतले प्रमाणपत्र नं. १६९४२, परिचयपत्र नं. ४७१३ को सेयर प्रमाणपत्रमा हस्ताक्षर गरेको देखिँदा सो कार्य कम्पनी ऐन २०६३ को दफा १३८ विपरीत भएकोले यस्तो कार्य नगर्नू’ भनी योगेन्द्र राईको नाउँमा आदेश आएको स्पष्ट देखिन्छ ।
राईविरुद्ध भएको फैसलामा कम्पनी ऐन २०६३ को दफा १६० बमोजिम २० हजार रुपैयाँ जरिवानाको आदेश भएको थियो । कम्पनी ऐन २०६३ अनुसार कुनैपनि सञ्चालक आफ्नो अधिकार क्षेत्र नाघेर काम गरेमा २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्म कैद सजायसम्म गर्नसक्ने कानुनी व्यवस्था रहेको छ । न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलासले वि.सं. २०७३ साल जेठ १० गते राईको विषयमा उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनमा आएपश्चात् पनि राई एनबी इन्स्योरेन्स कम्पनीमा सञ्चालक पदमानै रहँदै आएका छन् ।
![]() |
| अदालतले जारी गरेको आदेश |
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्