×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाप्रवन्धकको भ्रष्ट दाउ, छोरो अधिकारी यादव वाउ !

PRIME CA

महाप्रवन्धकको भ्रष्ट दाउ, छोरो अधिकारी यादव वाउ !

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौ । सेटिङ पनि कस्तो ! उनी तराई मुलका राय यादव हुन । पत्नी पनि मधेशी मुलकै । तर, यीनको कोखबाट जन्मेका सन्तानको थर कसरी ‘अधिकारी’ रहन गयो ? प्रश्न, गम्भीर र रहस्यमय छ । यो, प्रसंग हो सरकारको लगानी रहेको एनआइडिसी बैंकका महाप्रवन्धक शिवजी रायको । उनकी पत्नी हुन नुतन राय यादव । तर,हाल जोरपाटीमा रहेको राई स्कूलमा अध्ययनरत छोराको नाम गौरव अधिकारी र भारतको बैग्लोरमा अध्ययनरत छोरीको थर परिवर्तन गरी सिमनरन अधिकारी बनाइएसँगै यो प्रश्न गम्भीर बन्न पुगेको छ । छोरा छोरीको थर परिवर्तन गरी उनले बैंक खाता खोलेको रहस्य भेटिएको छ । यी दुबैको नाममा उनले गौशलामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंकमा खाता खोलेको भेटिएको हो ।

रायको राज
प्रश्न यहिँ उठ्छ यादवको कोखबाट जन्मेका छोरा÷छोरी कसरी अधिकारी भए ? राष्ट्रबैंक स्रोतका अनुसार ‘यो शिवजीको चालवाजी हो ।’ यस्का अलवा यादवका नाममा नबिल बैंक, एसबीआई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलेका छन । ति खातामा उनले अकुत सम्पत्ति थुपारेका छन । स्रोत भन्छ–‘इन्भेष्टमेन्ट बैंकमै लकर छ ।
झण्डै महिनाको एक लाख तलबमा हाजिर गर्ने कुनै बैंकका महाप्रबन्धकले १ बर्षमा कति सम्पत्ति आर्जन गर्छ ? सोझो आंैला भाँच्दा निस्कने हिसाब हो,वार्षिक १२ लाख । तर, यीनै राय एनआईडिसी बैंकका महाप्रबन्धक बनेर गएको सात वर्षमा आर्जन गरेको अर्बाै सम्पत्ति देखेर कर्मचारीहरुले जिब्रो टोक्न थालेका छन् । तर, महाप्रबन्धक यादवले यतिसम्म चतु¥याई गरेका छन कि उनले छोराछोरीको नाम परिवर्तन गरेर अकुत सम्पत्ति थुपारेका छन । यसरी यादवका छोराछोरी अधिकारी बनाइनुको पछाडिको कारण हो, भोलि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले यादवको सम्पत्तिमाथि छानविन गरे पनि सो स्रोत लुकाउन सकिन्छ । छोरा छोरीको नाम परिवर्तन गरेपछि सम्पत्ति सजिलै बचाउन सकिने उनको योजना हो ।

यादवका ‘यारहरु’
उखानै छ भेडा भेडासँग बाख्रा बाख्रासँग । ‘केमेष्ट्री’भन्ने चीज पनि यस्तै हो । यादवका यारहरु सबै उस्तै छन । २०६६ सालमा एनआइडिसी बैंकमा महाप्रबन्धकका नियुक्ती पाएका हुन रायले । पूर्व अर्थमन्त्री रामशरण महतका पिए (जस्ताकाण्डका नाइके) रमेश महत,उनका सबैभन्दा प्रिय ‘यार’ हुन । अर्का प्रिय पात्र हुन दीपक मल्होत्रा । जो नेपालमा सामसुङ मोवाइलका अधिकृत विक्रेता हुन । त्यस्तै त्रिपाल काण्डमा मुच्छिएका सचिव अर्जुन कार्की देखि लोकमान सिंह कार्कीसम्म यादवका प्रिय मान्छेहरु हुन । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्बित प्रमुख लोकमानसिंह कार्की उनका दाहिने हात हुन । लोकमानमाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै रायको निन्द्रा र चैन गायव भएको छ । लोकमानसँग उनको चिनजान लोकमानका प्रिय दिपक मल्होत्राबाट भएको थियो ।
उजुरीको चाङ
महाप्रबन्धक यादव र उनको परिवारमा रहेको सम्पत्तिको स्रोत नखुलेको विषयमा उनी विरुद्ध राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरीको चाङ लागेको छ । तर, उनीविरुद्ध दुबै निकायले अहिलेसम्म कारवाहीको प्रक्रिया अगाडि बढाएका छैनन् । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागमा त मुद्दा परिनैं रहेको छ यता,पुनरावेदन अदालत पाटन वाणिज्य ईजलाशमा समेत मुद्धा दायर भएको स्रोतले बताएको छ । तरपनि यस विषयमाथि सिन्को भाँच्ने काम नभएको स्रोत वताउँछ । यस्का अलवा उनी विरुद्ध नेपाल राष्ट्रबैंकमा समेत दर्जनौ उजुरी परेको छ । तर,सेटिङ मिलाउन माहिर रायले राष्ट्रबैंकका उच्च पदस्थ अधिकारीलाई हातमा लिएर हालसम्म पनि ‘पानी माथिको ओभानो’ बन्दै आएका छन ।
योग्यताको सवाल
महाप्रबन्धक यादव एनआईडिसी बैंकको पुराना कर्मचारी हुन । कर्मचारीबाट नियम मिच्दै बैंकको कार्यकारी प्रमुख अर्थात् महाप्रबन्धक बन्न सफल भए । यति मात्र कहाँ हो र बैंकको सञ्चालक पनि बन्ने मौका पाए । यसरी यी सबै पद पाउन उनले तत्कालीन अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई आफ्नो पकडमा लिएका थिए । उनी बैंकका दश कर्मचारी भित्रका एक कर्मचारीबाट सञ्चालक समितिमा घुसेका पात्र हुन । बैंकको महाप्रबन्धक बन्न वान्छित योग्यता हुन्छ स्नातकोत्तर तह उत्तीर्ण । तर,सो पदका लागि उनको योग्यता पुग्दैन । यद्यपि शंकर कोइराला अर्थमन्त्री भएको बखत उनी महाप्रवन्धकको कुर्सीमा विराजमान हुन पुगे । यस पछाडि पूर्व अर्थमन्त्री रामशरण महत देखि लोकमान सिंह कार्कीको छत्रछाँया पाएका उनी जव्वर ठहरिए । कसैले छुन,चलाउन सकेन ।
भष्ट्राचारको भारी
महाप्रबन्धक भएको चार वर्षमै यादवलाई सिआईबीले २०७० पुस १२ गते दरबारमार्गबाट पक्राउ गरेको थियो । भ्रष्ट्राचार अभियोगमा यादवविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । त्यतिबेलैदेखि यादव निलम्बनमा पर्नुपर्ने थियो । तर, लोकमानको आशिर्वाद पाएका उनी त्यहाँबाट छुटेर पुनः महाप्रवन्धककै कुर्सीमा विराजमान छन ।
डुवानमा एनआइडिसी
महाप्रबन्धक यादवको बैंक डुबाउने अर्काे खेल हो, कर्जा प्रवाहमा लापरबाही । नाम नखुलाउने सर्तमा स्रोतले बतायो १७ वटा घरहरु निर्माण गर्ने भनेर ऋण एकमुष्ठ ऋण प्रबाह गरे । तर, नियममा अर्कै छ । जबकि कसैलाई एकमुष्ठ ऋण दिन मिल्दैन । तर, यादवले यस्तो नियमलाई लत्याएर आफूखुसी गर्दै आएका छन् । जनप्रशासन अगाडी लेख्छ, ‘त्यस्तै एनआईडिसी क्यापिटल मार्केट्सले हिमालय ब्रदर्श हाउजिङ प्रालिलाई प्रवाह गरेको ऋणको धितो मुल्यांकन २०६७ कात्तिक मंसिरमा ९ करोड ७ लाख रहेकोमा २० महिनापछि सो धितोको पुन मुल्यांकन गर्दा ४ करोड कायम रहेकोले धितो मुल्यांकन भन्दा बढी कर्जा प्रवाह भएको देखिएकोमा नेपाल राष्ट्र बैंकले सञ्चालकहरुलाई स्पष्टीकरण समेत सोधिसकेको छ ।’

‘मर्जर’ भाड्न सक्रिय
नियामक निकाय नेपाल राष्ट्र बैंकले नेपाल बैंकसँग एनआइडिसी बैंकलाई मर्ज गर्नका लागि निर्देशन मसेत दिइसकेको छ । यी दुईबीच मर्ज भएमा रायको पद धरासायी बन्नेछ । भने यो स्थानमा पिआरधारी नेपाल बैंकका प्रमुख कार्यकारी निर्देशक देवेन्द्र प्रताप शाह आइपुग्नेछन । आफ्नो भाग खोसिने डरले रायभ ने भित्र भित्रै मर्जर प्रक्रिया भाड्नका लागि सक्रिय रहेका छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: