×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारमा आत्तिनुपर्ने अवस्था छैन, न्युटनको सिद्धान्तलाई ख्याल गरौं’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘सेयर बजारमा आत्तिनुपर्ने अवस्था छैन, न्युटनको सिद्धान्तलाई ख्याल गरौं’

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

भर्खर भर्खर बजार प्रवेस गरेकालाई नेप्सेको अस्वभाविक उतार-चढावबाट पीडा हुनु स्वभाविक नै हो । तर बुझ्नुपर्ने कुरा के छ भने यि सबै क्षणिक हुन् । बजारमा लामो समयदेखि कारोबार गर्दै आईरहेका पुराना लगानीकार्ताको अनुभवहरु बुझ्नतर्फ लाग्नुहोस्, जसले तपाईंको मनोबललाई उच्च पार्न सहयोग पुग्दछ ।
नेप्से सँधै घट्दैन अनि सँधै बढ्दैन पनि । हामीलाई अहिलेनै सेयर बजारको लागी सबैभन्दा खराब अवस्था होकि भन्नेजस्तो लाग्न सक्छ । तर बिल्कुलै होइन, एक दशकभन्दा बढीको माओबादी जनयुद्दले थलिएको समयमा पनि बजार त्यती धेरै अस्तिर थिएन । बिभिन्न घटनाक्रमको सकारात्मक तथा नकारात्मक असर समय समयमा पर्नु कुनै नौलो कुरा हैन। द्वन्द कालकै कुरा गर्ने हो भने पनि आर्मी, पुलिसले माओबादी मार्दा नेप्सेमा २० अंकको बृद्धी अनि माओवादीले आर्मी-पुलिस मार्दा नेप्सेमा २० अंकको गिरावट जस्ता दृश्यहरु देखिन्थ्यो बजारमा । 
२०६५ भदौमा ११७५ पुगेको नेप्से ईण्डेक्स बजार क्र्यास भएर २९२ मा झर्दा अव यतिनै रहेछ भन्ने लाग्दथ्यो मलाई पनि । तर  २९२ बाट उक्लिन सुरु भएरको नेप्से परिसुचकले ६ बर्ष पछी १८८१ लाई छोएर एउटा अर्को नयाँ उचाई बनाएको दृश्तान्ट पनि हामीसामु ताजै छ ।
सेयर खरिद गरेकाहरु बजार बढोस् भन्ने चाहन्छन् भने सेयर नभएका र खरिद गर्ने मनस्थिती बनाएकाहरु भने जतिसक्दो घटोस् भन्ने चाहन्छन् । त्यसै अनुसार आफ्नो आवाज ठुलो बनाउँदै ब्रोकर कार्यालय अनि सामाजिक सञ्जाल चहार्दै आफ्नो एकोहोरो बेतुकको तर्क राख्छन्। लगानिकर्ताको मनोबिज्ञान यस्तो हुन्छकि उसलाई सकारात्मक भन्दा नकारात्मक कुराले बढी प्रभाव पार्दछ। 
सेयर बजार र ब्याजदरबिच जहिले पनि बिपरित सम्बन्ध हुन्छ जुन बिश्वब्यापी तथ्य हो । पछील्लो समयमा बैंक ब्याजदरमा केहि बृद्धी पक्कै भएको हो । जसको कारण तरलतामा कमी हो। बैंकिङ तरलतामा उतारचढाव आउनु सामान्य कुरा हो। कहिले अत्याधिक तरलता हुन्छ भने कहिले तरलता अभाव। यो अवस्था भनेको हाम्रो भन्दा राष्ट्र बैंकको टाउको दुखाईको बिषय हो। जसरि अत्याधिक तरलता हुँदा राष्ट्र बैंकबाट रिभर्स रिपो जारी गरी बजारबाट तरलता सोस्ने काम हुन्थ्यो त्यसैगरी तरलताको कमी हुँदा पनि त त्यसलाई समाधान गर्न कुनै उपकरण प्रयोगमा आउलान् ! 
अहिलेको समस्या क्षणिक हो भन्ने कुरालाई यो उदाहारणले पनि प्रष्ट पार्ला कि हिजो मैले एउटा बैंकमा कार्यरत मित्रसँग ब्याज दरको बारेमा कुरा गर्दा उनले भने कि १०० दिनको मुद्दति खाताको ब्याजदर चाहिं ८.५% अनि १ बर्ष को चाहिं ७% रहेछ। बैंकहरुले पनि बुझेका छन् कि यो क्षणिक हो भनेर । 
अग्रीम कर कट्टी , लोन सेटल्मेन्ट , ब्याज भुक्तानी आदिका कारण बिगतमा पनि पौष महिनामा तरलतामा केहि समस्या त हुन्थ्यो नै तर यो पाली अलि छिट्टै समस्या देखियो। ५०० र १००० को भारतीय मुद्रा काण्डले पनि बजारमा केहि असर देखिएको पक्कै हो । झन् नेपालमा रहेका भारतीय नोट नसाँटिने भन्ने पछिल्लो हल्लाले अझै अन्नेउल बनाईदिएको छ । एउटा कुरा बुझौं यि सबै दिर्धकालिन समस्या नभई क्षणिक र समाधान हुने बिषय हुन् ।
अहिले एकथरि भन्छन् कि नेप्से १००० को लाईनमा आउँछ भनेर । मेरो बुझाईमा अहिले नेप्से १००० मा आउनु भनेको बिगतमा ११७५ बाट २९२ मा झरेको अवस्थाभन्दापनि गएगुज्रीएको अवस्थामा पुग्नु हो । त्यस्तो अवस्था आउनको लागी राजनितिक, आर्थीक अवस्था ,बजारको आकार अनि हालसम्म भएको बिकासलाई बिगतसँग दाँजौ, अनि सोचौं के हामी साँच्चै उँधो गतीतिर लाग्दैछौं त ? 
बिल्कुलै हैन अहिलेको अवस्था पनि बिगतमा जस्तै सेयर बजारको लागी एउटा अर्को प्रसबको अवस्था हो । बिगतमा हरेक प्रसब अवस्थापछी बजारले एउटा नयाँ उचाई बनाएको ईतिहास छ । न्युटनको सिद्धान्तलाई ख्याल गरौं हरेक कृयाको बाराबर अनि बिपरित प्रतिकृया ! सेयर बजारमा पनि लागु हुन्छ यो सिद्धान्त ।
लगानिकर्ता मित्रहरुलाई एउटा सानो सुझाव अहिलेको अवस्थामा जसले ऋण लिएर लगानी गर्नु भएको छ कम्तिमा पनि ६ महिनाको लागी ब्याज अनि केहि रकम मार्जिनको लागी जोहो गरेर बस्नुहोस्। जसले आफ्नै रकम लगाउनु भएको छ नराम्रा कम्पनी छन् भने यही बेला आफ्नो लगानीलाई राम्रो कम्पनीमा परिणत गर्नुहोस् । 
सक्नुहुन्छ भने घट्दो दरमा बिस्तारै-बिस्तारै राम्रा कम्पनीहरु थप्दै जानुहोस् । अनि कम्तिमा पनि ६ महिना आफुले सेयरमा गरेको लगानीलाई पुर्ण रुपमा बिर्सनुहोस् । बजारले अर्को चमत्कार देखाउनेछ छिट्टैनै। यो रोहन शर्माको सकारात्मक सोच अनि बिश्वाश हो नेपालको पुँजीबजार प्रति!
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: