Skip to content

कक्षा ९ को सामाजिक शिक्षाको पुस्तकमा रहेको बुद्धको जन्मबारे विवादित पाठ हटाइयो

Dish Home

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता
शुभारम्भ पब्लिकेसनले प्रकाशन गरेको सामाजिक शिक्षा अन्तर्गत कक्षा ९ को कितावमा रहेको गौतम बुद्धबारे विवादित पाठ हटाइएको छ । गौतमबुद्धको जन्म उत्तरी भारतमा रहेको उल्लेख गरिएको उक्त पाठकाबारे अर्थ सरोकारले समाचार प्रकाशन गरेको थियो भने सम्बन्धित संस्थालाई कारवाही हुनुपर्ने मागसहित समाचारको फलोअप तथा सम्पादकीय प्रकाशित गरेको थियो ।
शुक्रबार अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै शुभारम्भ पब्लिकेसनका एकेडेमीक डाइरेक्टर दिनेश अधिकारीले आफुलाई सचेत गराएको भन्दै अर्थ सरोकार डटकमलाई धन्यवाद दिएका छन् भने यस बिषयमा जनतासँग संस्था क्षमा याचना गर्ने बताएका छन् । 
‘हामीबाट गल्ती भएकै हो । यसका लागि पब्लिकेसन समक्ष जनतासमक्ष माफ माफ माग्दछ । उक्त गल्तीलाई सच्याएका छौं ।  हाम्रो नयाँ पुस्तक प्रिन्ट हुँदा उक्त पाठ नै हटाइएको छ भने अहिले बजारमा गएका पुस्तकहरुमा स्टिकर टाँसेर त्यसलाई सच्याउने काम भइरहेको छ । ‘   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्