
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – हाउजिंग व्यवसायका लागि भन्दै सर्वसाधारणबाट करोडौं रकम लिएर फरार रहेका सुधीर बस्नेतलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतको फैसला कार्यान्वय इकाई र प्रहरीको टोलीले उनको धापासीस्थित घरबाट राती ११ बजे पक्राउ गरेको हो। एक अर्ब ६० करोडभन्दा बढी रकम ठगी गरेर उनी भारतमा लुक्दै आएका थिए।
मंगलबार नै नेपाल आएर घरमा बसिरहेको अवस्थामा प्रहरीको टोलीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। ुरकम ठगी गरेर फरार रहेका बस्नेत हिजो घर फर्किएको सूचना पाएपछि हामीले उनको घरमा छापा हानेर पक्राउ गरेका हौुं, उनले भने( ुउनी राती घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेका हौं, उनको दुई वर्ष कैद भुक्तान हुन बाँकी छ।
कोहिनुर हिल हाउजिङ एण्ड कोहिनुर बिल्डर्सका नाममा बस्नेतले विभिन्न बैंकहरुबाट ७० करोड रुपैयाँ ऋण लिएका थिए। राष्ट्रिय वाणिज्य बैंकबाट २१ करोड ७१ लाख, प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, कुमारी बैंकबाट ७ करोड ३६ लाख रुपैयाँ ऋण लिएका थिए।
त्यस्तै एनआईसी एसिया बैंकबाट २० करोड एक लाख, नबिल बैंकबाट १४ करोड ६ लाख र सिद्धार्थ बैंकबाट ६ करोड १५ लाख रुपैयाँ ऋण लिएका थिए। ऋण लिने र नतिर्ने गर्दै आएका बस्नेतलाई दुई वर्ष कैदको सजाय सुनाएपछि उनी भारतमा लुक्दै आएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्