×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आर्थिक पत्रकार र लगानीकर्ताबीच बहस : कहाँ चुकेका छन् आर्थिक मिडिया ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – लगानीकर्ता छलफल घरमा थ्री एस इन्भेष्टले धीतोपत्र डटकमको प्राविधिक प्राविधिक सहयोगमा आयोजना गरेको कार्यक्रममा लगानीकर्ता र नेपालमा विभिन्न आर्थिक मिडियाहरुमा कार्यरत पत्रकारहरुबीच बहस भएको छ । शनिबार आयोजना भएको उक्त कार्यक्रममा आर्थिक अभियान दैनिकका पत्रकार भवनाथ प्याकुरेल र अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेल अथितिका रुपमा उपस्थित थिए ।
कार्यक्रममा लगानीकर्ताहरुले केहि मिडियाहरुले नेपाली पूँजी बजारलाइ धमिलो बनाउने प्रयास गरेको आरोप लगाएका थिए । कार्यक्रममा बोल्दै आर्थिक अभियानका पत्रकार भवनाथ दाहालले बुझेर मात्र लगानी गर्न लगानीकर्ताहरुलाई सुझाव दिएका थिए । ‘कुरा सबैको सुन्नु, तर लगानी बुझेर मात्र गर्नु ! नियमनकारी निकायको कमजोर उपस्थितिले लगानीकर्ताहरुलाई मार परेकै हो । हामी सचेत बन्न जरुरी छ। ‘ उनले भने ।
यता कार्यक्रममा बोल्दै अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेलले मिडियाका लगानीकर्ताहरुनै खेलाडी बनेर बजार धमिल्याएको कुरा आफुले पनि सुनेको बताउँदै सचेत र जिम्मेवार पाठक बन्न समेत लगानीकर्ताहरुलाई अनुरोध गरे । ‘हल्लाको पछी दौडिनु हुन्न । हामीपनि सचेत हुन जरुरी छ ।  कुन मिडियाले लेखेको कति सहि भन्ने कुरा केहि हदसम्म हामीले पनि विश्लेषण गर्नुपर्यो ।  नेपाली आर्थिक त्रकारितामा केहि गलत अभ्यासहरु भएकै हो ।  यस्ता अभ्यासहरुबाट हामी सचेत हुन जरुरी छ। ‘ उनले भने ।
कार्यक्रममा प्राविधिक विश्लेषक अरुण लामा र नवराज सिलवालले समेत आफ्नो प्रस्तुती राखेका थिए । अहिलेको अवस्थामा प्राविधिक विश्लेषण निकै नै महत्वपूर्ण भएको बताउँदै उनीहरुले यसको ज्ञान लिन सके निकै नै फाइदा पुग्ने भनाइ व्यक्त गरेका थिए । ‘व्यक्ति नै पिच्छे किन प्राविधिक विश्लेषण फरक पर्छ ?’ भन्ने लगानीकर्ताहरुको प्रश्नको समेत उनीहरुले जवाफ दिएका थिए । 
कार्यक्रममा डा. नवराज अधिकारीको पनि उपस्थिति थियो । उनले पनि लगानीकर्ताका विभिन्न जिज्ञासाको समाधान गरेका थिए । ‘हरेक दुइ सातामा भक्तपुरमा यस्तो कार्यक्रम हुन्छ। ‘अहिले छलफल चलाइरहेका छौं । अगामी दिनमा विभिन्न तालिम पनि संचालन गर्छौं । कार्यक्रमका संयोजक कृष्ण गिरीले अर्थ सरोकार डटकमसँग भने ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: