
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सांसदहरुले बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी सिइओको तलबको सिलिङ तोक्न माग भएको छ। बैंक तथा वित्तिय संस्था सम्बन्धी विधेयक बाफियाको छलफलमा भाग लिँदै सांसद चुडामणि जंगलीले कार्यकारी प्रमुखको तलब सुविधाको सिलिङ तोक्न माग गरेका हुन्।
कार्यकारी प्रमुखको तलब २५ लाख माथि हुँदा उनीहरुले सेयर हालेर बैंक कब्जामा राख्ने गरेको भन्दै तलबको सिलिङ तोक्नुपर्ने बताएका हुन्। सिइओको तलब धेरै हुँदा उनीहरुले बैंकमा शेयर हालेर बैंक कब्जा गर्ने देखिएको छ यसको सिलिङ तोक्नुपर्छ, उनले भने।
यस्तै बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी तथा श्रमिकलाई ५ प्रतिशत शेयर हाल्न सक्ने प्रावधान कटौती गरेर ०. ५ प्रतिशत बनाइएको प्रति उनले आपत्ति व्यक्त गरे । शेयर घटाउनु दुखदायी छ श्रमिकको आर्थिक हैसियत बढ्ने स्थिति कानुनले कटौती गर्नुहुँदैन, जंगलीले भने। छलफलमा बोल्दै सांसद प्रेम सुवालले शेयर बजार नियन्त्रण हुनुपर्ने तर्क गरे।
शेयर बजारमा पुँजीपति वर्गमा केन्द्रित रहेको भन्दै उनले समाजवाद उन्मुख अर्थतन्त्रमा केन्द्रित भएर ऐनमा राख्नुपर्ने बताए। शेयर बजार सरकारको नियन्त्रणमा हुनुपर्छ संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको कल्पना गरेपिन पुँजीपति वर्गमा नियन्त्रित हुँदा जनता ठगिएका छन, उनले भने,शेयर किन्नेबेला महँगो हुने र जनताले बेच्ने बेला सस्तो गराउने काम भइरहेको छ यो रोकिनुपर्छ।
अर्थमन्त्री कृष्णबहादुर महराले निजी क्षेत्रलाई प्रोत्साहन गरेपछि मात्रै सर्वसाधरणलाई प्रोत्साहन गर्ने स्थिति आउने उल्लेख गरे। कर्मचारीलाई व्यवस्था गरिएको ० . ५ प्रतिशत शेयर बैंक तथा वित्तिय संस्था सबल हुँदै गएपछि विस्तारै वृद्धि हुने उल्लेख गरे। बैंक तथा वित्तिय संस्था सम्बन्धी विधेयक पास भएपछि जनताको बैंकप्रति विश्वसनियता बढ्ने उल्लेख गरे।
विधेयक पारित भएपछि जनताको वैंकप्रति विश्वसनियता बढ्छ भने वित्तिय संस्था अन्तराष्ट्रिय मापदण्ड अनुसार सञ्चालन हुनेछ, उनले भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्