Skip to content
LAXMI SUNRISE BANK

शाखा अधिकृत र नायब सुब्बाका लागि सरकारले तयारी कक्षा सञ्चालन गर्ने, कसरी सहभागी हुने ?

अर्थ सरोकार

काठमाडौँ । सरकारले लोकसेवा आयोगको तयारी गरिरहेकाहरुका लागि तयारी कक्षा सञ्चालन गर्ने भएको छ । राष्ट्रिय युवा परिषद्ले लोकसेवा आयोगको शाखा अधिकृत र नायब सुब्बा पदको लागि तयारी गरिरहेका विशेष प्राथमिकता प्राप्त युवाका लागि तयारी कक्षा सञ्चालन गर्ने भएको हो । 

आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत तयारी कक्षा सञ्चालन गर्न लागिएको परिषद्ले जनाएको छ । परिषद्का अनुसार यस्तो कक्षा अनलाइन हुनेछ ।

उक्त तयारी कक्षामा शाखा अधिकृतको प्रथम पत्र र नायब सुब्बा पदको परीक्षाका लागि तयारी गराइनेछ । सरकारले सञ्चालन गर्ने यस्तो तयारी कक्षामा सहभागी हुन इच्छुक युवाहरुले अनलाइन आवेदन दिनुपर्नेछ । 

आवेदन श्रम संसारको वेबसाइट ( https://shramsansar.gov.np/loksewa-preparation ) मार्फत दिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK