
भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकम कर्जा वा ऋण हो । सामान्यतयाः ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन कर्जा प्रदान गर्ने गर्दछ । यस अन्तर्गत बैंकले ब्यक्तिगत ग्राहकलाई सुन, चाँदी, मुद्दती रसिद, नेपाल सरकारको ऋणपत्र, ट्रेजरी बिल, राष्ट्रिय बचतपत्र, बिकास ऋणपत्र आदी धितो राखी कर्जा प्रदान गर्दछ ।
बैंकले के आधारमा दिन्छ कर्जा ?
हरेक बैंकले आफ्नो लगानीको सुरक्षा चाहन्छ । त्यसैले जस्तोसुकै ठाउँमा पनि बैंकले कर्जा प्रवाह गर्दैन । कर्जा दिँदा बैंकले कर्जा लिने व्यक्तिको बारेमा जानकारी लिन्छ । उक्त व्यक्तिको विवरणले उसले कर्जा चुक्ता गर्न सक्ने प्रष्ट पारेमा मात्रै बैंकले कर्जा दिन्छ । यसका लागि बैंकले निम्न कुराहरुको जानकारी लिने गर्दछ ।
बैयक्तिक चरित्र
कर्जा प्रदान गर्नु भन्दा अगाडि कर्जा प्रस्ताव गर्न आउने ब्यक्तिको नियत ठीक भएको र बैंकबाट लिएको कर्जा तिर्ने भावनाको छ वा छैन अध्ययन गर्छ । ठगी वा जाल्साजी गर्ने नियतको हो वा होइन छुट्याउँछ । पहिला कुनै बैंक वा बित्तिय संस्था बाट कर्जा लिए नलिएको, लिएको भए कर्जा इतिहासबारे जानकारी लिन्छ ।
योग्यता वा क्षमता
कर्जा प्रदान गर्न लागिएको ब्यक्ती वा संस्था करार ऐन २०५६ बमोजिम करार गर्न योग्य छ वा छैन भन्ने कुरा बिचार गर्छ । यदि करार गर्न सक्षम ब्यक्ती हो भने उसको सैक्षिक योग्यता तथा कुन ब्यवसायसँग सम्बन्धित हो ? जस्ता कुराहरुबारे पनि जानकारी लिन्छ ।
पुँजी
कर्जा माग्न आउने ब्यक्ति वा संस्थाले कति रुपैयाको लागी प्रस्ताव गर्न आएको हो, सो कर्जाको मात्रा उसको आयस्थिती, चल अचल सम्पतिको बिचार गर्दछ । साथै ब्यबसायको लागि कर्जा लिन आएको अबस्थामा उसको ब्यबसायको प्रकृति, ब्यबसायमा लगानी गरेको पुँजीको मात्रा जस्ता कुराहरुको विश्लेषण गर्छ ।
सुरक्षण
बैंकले कर्जा प्रदान गर्दा उचित धितो वा सुरक्षण राख्दछ । साथै उक्त धितोको बजार भाउ जस्ता कुरामा समेत विचार पुर्याउँछ ।
बाह्य वातावरण
बैंकले कर्जा प्रदान गर्दा राजनीतिक वातावरण, उसको सुरक्षणको बाहिरी स्थिति वा बजारमा बिश्वासयोग्य, बिक्री योग्य छ कि छैन आदि सम्पुर्ण बाहिरी पक्षसमेत मुल्यांकन गर्दछ ।
यस्ता सूचनाहरु उसको नजिकका ब्यक्ति, छरछिमेक वा अन्य उसलाइ चिन्ने ब्यत्ति वा ब्यबसायीसँगबाट सुचना लिने गर्दछ । ऋण तिर्न नसकी कालो सुचीमा परेको हो वा होइन ? साथै उसको कर्जा इतिहास कस्तो छ ? जस्ता कुराहरुको जानकारी भने वित्तीय संस्था, कर्जा सुचना केन्द्र आदिबाट लिने गर्दछ ।
बैंकले प्रदान गर्ने कर्जाका प्रकारहरु
आबधिक कर्जा
ओभरड्राफ्ट कर्जा
ट्रस्ट रिसिप्ट कर्जारआयात कर्जा
डिमान्ड तथा अन्य चालु पुँजी कर्जा
रियल स्टेट कर्जा
आवासीय घर कर्जा
हायर पर्चेज कर्जा
बिपन्न बर्ग कर्जा
कृषि कर्जा
शैक्षिक कर्जा
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्