
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – गत जनवरी २० तारिखका दिन नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएर सत्ता सम्हालेपछि बाराक ओबामा अब के गर्दैछन् र कहाँ बस्दैछन् भन्ने आम नागरिकको चासोको विषय रहेको छ।
राष्ट्रपति पद छाडे लगत्तै ओबामा एक व्यक्तिको घरमा भाडामा बस्न थालेका छन् । उक्त घरमा उनी दुई वर्ष बस्ने तयारीमा रहेका छन् । उनले अब छिट्टै उनी कुनै एक कम्पनीमा जागिर गर्दैछन् । तर त्यो कुन कम्पनी हो भन्ने कुरा सार्वजनिक गरिएको छैन । ओबामा निकट स्रोतका अनुसार उनीसँग आफ्नै कार भने छैन । तर उनीसँग एक वटा पुरानो बाईक छ । त्यही बाईकमा चढेर उनी नयाँ कम्पनीमा काम गर्न जाने बताईएको छ ।
स्रोतका अनुसार उनले कुनै एक प्राईभेट कम्पनीमा जागिरका लागि आवेदन दिएका छन् । उनी छिट्टै उक्त कम्पनीमा आबद्ध हुने तयारीमा रहेको सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाको कानुन अनुसार पूर्व राष्ट्रपतिहरुलाई बस्नका लागि सरकारले कुनैपनि सरकारी आवासको व्यवस्था गर्दैन ।
ओबामा भाडामा बस्नुको पछाडि उनको कान्छी छोरी लिहाजाको पढाई नसकिनु पनि रहेको छ । उनका कान्छी छोरीको पढाई नसकिने बेलासम्म उनी राजधानी वासिंगटन डिसीमै रहने छन् । तर उनलाई सरकारले सुरक्षा भने दिनेछ । साथै उनको परिवारका अन्य सदस्यहरुलाई समेत सरकारले गोप्य तरिकाले सुरक्षा दिनेछ । तर ओबामाको घर भने सिकागोमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्