
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – एमाले उपाध्यक्ष भिम रावलले दुतावासको भात खाएर नेपाल विखण्डनको सपना देख्नु साम्रो होईन भनेका छन् । संविधान संशोधन गर्नु भनेकै विखण्डनलाई बल पुर्याउनु हो’ उनले भने ।
प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको आयोजनामा सदरमुकाम मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘संविधान संशोधनकोविरुद्धमा स्पष्ट एकतिहाइ मत छ,’ उनले भने, ‘त्यति मात्र होइन संविधान संशोधन विधेयक नै राष्ट्रघाती भएकोले कुनै पनि देशभक्त नेपालीले यसलाई पारित गर्न दिने छैनन् ।’
उनले प्रदेशको सीमांकन हेरफेरको सूचना ३ महिनाभित्र प्रदेश सभामा पठाउनुपर्ने स्पष्ट संविधानमा उल्लेख भएको स्मरण समेत गराए । ‘त्यसो नभएमा स्वतः निष्क्रिय हुन्छ,’ उनले भने, ‘संविधान संशोधन संविधान र संसदीय मान्यता विपरीत पारित गर्न खोजे एमाले टुलुटुलु हेरेर बस्दैन ।’
माघ ७ गतेभित्र तीनवटै निकायका चुनाव नभए देशमा रिक्तता उत्पन्न हुने उनको भनाइ थियो । सरकार चुनावको मिति घोषणा नगरी देशमा रिक्तता उत्पन्न गरी आफ्नो आयू बढाउन लागेको भन्दै चिन्ता पनि व्यक्त गरे ।
उनले संविधान संशोधनको प्रस्तावले समस्या ल्याएको भन्दै मधेशी दलहरुले कहिले जात जातिको नाममा, कहिले भाषाको नाममा बखेडा झिकिरहेको आरोप लगाए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्