
- अर्थ सरोकार सम्बाददाता
चितवन- चितवनको सौराहा चोकमा भीषण आगलागी भएको छ । तर यति ठुलो घटना हुँदा पनि थोरै संख्यामा मात्र प्रहरी घटनास्थल पुगेको थियो भने एउटा मात्र दमकल घटनास्थल पुगेको थियो । आगलागीपछी सौराहा चोकमा कोलाहल मच्चिएको छ भने आगलागी के कारणले भयो र कति क्षति भयो भन्ने जानकारी भने प्रहरीले दिइसकेको छैन । यद्यपी विद्युत सर्ट भएकाले घटना घटेको बुझिएको छ ।
९ बजेदेखि आगो लागेको थियो भने ११ बजार राती नियन्त्रणमा आएको छ । यति ठुलो घटना हुँदा पनि इलाका प्रहरी कार्यालयका प्रमुख नारायण रंजितकार भने घटनास्थल आइपुगेकाथिएनन् । २ पसलहरु पूर्ण रुपमा क्षति भएको छ । ‘पसल र प्रशासनले खासै सहयोग गरेको छैन । स्थानीय आफैं आगो निभाउन लागि परेका छन् । हावा हुरी लागेको छ ।’ स्थानीयले भने ।
अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । यता उक्त घटनाबारे खबर संकलन गर्न गएका पत्रकारमाथि पनि दुर्व्यवहार गरिएको छ । ‘तैंले काम पाइनस् ? फोटो खिच्न के यहाँ मेला लाग्या छ ?’ भन्दै एक प्रहरी हवल्दारले अर्थसरोकार कर्मीलाइ थर्काएका थिए । यसबारे इलाका प्रहरी कार्यालय प्रमुख नारायण रंजितकारलाइ जानकारी गराउँदा उनले त्यस्तो नहुनुपर्ने र भएको भएपनि गलत भएको र आफु बुझ्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्