Skip to content
LAXMI SUNRISE BANK

बिजोग बजेटको कथा : भवन बनाउन बजेट आउँछ, तर पिलर उठाउन पुग्दैन

अर्थ सरोकार

शान्ति तथा पुननिर्माण मनत्रालयले शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत यस वर्ष गोरखामा एक सय २२ वटा योजना सिफारिस गरेको छ । यी योजना विद्यालय, गाविस भवन र सामुदायीक भवन निर्माणका छन्। तर छुट्याइएको बजेट भवनको पिलर उठाउन पनि नपुग्ने खालको जम्मा एक लाख रुपैयाँ छ । गत वर्ष ४२ वटा योजनामा दुईदेखि पाँच लाखसम्म विनियोजन भएको थियो भने यो वर्ष योजना बढ्ने तर बजेट घट्ने भएको छ।
धेरै आयोजनामा छरपस्ट बजेट हुदा निर्माण अलपत्र हुने, एक बर्ष भएको अपूरो काम अर्को बर्ष बिग्रिसक्ने, सम्पन्न गर्न बर्षौ लाग्ने हुदा उपलब्धी न्यून हुने अनुभव जिल्ला प्राविधिक कार्यालयका कर्मचारीको छ । १५ देखि २० लाख स्टिमेट भएको योजनामा बार्षिक एक देखि तीन लाख विनियोजन हुने गरेको छ ।
शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत गत बर्ष मसेल ३ को मनकामना निमाविको विद्यालय भवन निर्माण गर्न एक लाख रुपैयाँ विनियोजन भयो । गत बर्ष उक्त बजेटले घडेरी खारेर विद्यालयले भवन बनाउने योजना बनाएपनि काम अघि बढेन । खबर आजको नागरिक दैनिकमा छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK