
- प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – नातासम्बन्ध भन्नेहरुले नै गम्भीर प्रकृतिका घटनाहरु घटाउने गरेको एक तथ्यांकले देखाएको छ । हत्या, बलात्कार, मानव बेचबिखन, बहुविवाह लगायत अपराधिक घटनाहरु नातासम्बन्ध भित्रैका व्यक्तिहरुबाट हुने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत चितवनको एक वर्षको तथ्यांकलाई केलाउने हो भने गम्भीर प्रकृतिका अपराधिक घटनामा आफ्ना नै पीडकका रुपमा देखिएका छन् ।
श्रीमान्, श्रीमती, बा, आमा, काका , मामा,माइजू जस्ता निकट सम्बन्धहरुबाटै मानिसहरु अपराधको शिकार हुने गरेका छन् । एक वर्षको अवधिमा मात्रै जिल्लामा झण्डै एक दर्जन घटनामा पीडितहरुको तथ्यांक हेर्दा उनीहरु आफ्ना भन्नेहरु बाटै पीडित बनेका हुन् । पीडित हुनेमा अधिकांश महिला र बालिका रहेका छन् । कसैको हत्या भएको छ, कोही बलात्कारको शिकारमा परेका छन्, कोही बेचिनका लागि भारत लगिएका छन् त कोही बहु विवाहको शिकार बन्ने गरेका छन् ।
आफ्ना भन्नेहरुबाटै मानव अधिकारको उल्लंघन भएका छन् । ‘कतिपय अपराधिक घटनामा आफ्ना मान्छेहरु नै मुछिएका हुन्छन’ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले भने,‘घटनामा संलग्नहरुको खोजी अनुसन्धान गर्दै जाँदा पीडक कतिपय अवस्था पीडितका आफन्त नै हुने गरेका छन्।
१२ वर्षीया बालिकालाई ०७२ चैत १७ गते काउले गाविस–६ का ३७ वर्षीय शेरबहादुर चेपाङ र ३१ वर्षीया विष्णुमाया चेपाङले ललाइ फकाइ दलाल गोरखा जिल्ला बुङकोटका ३१ वर्षीय चन्द्रबहादुर श्रेष्ठसँग जबर जस्ती विवाह गराई भारततर्फ लैजाने क्रममा महेन्द्रनगर गड्डा चौकीमा माइती नेपालले नियन्त्रणमा लिई अभिभावकको जिम्मा लगायो ।
शेरबहादुर बेचिन लगिएकी बालिकाको मामा हुन् । ०७३ मङ्सिर ६ गतेको फैसला अनुसार बालविवाहमा परिणत भई आरोपित सबैलाई ६ महिना कैद सजाय फैसला भएको छ । त्यस्तै, भरतपुरकी ६ वर्षीया बालिका लाई २०७२ चैत ८ गते राति बलात्कार गरेको भनी पीडितकी आमाले प्रहरीमा चैत ९ गते उजुरी दिइन् ।
यस घटनामा बाबु पीडकका रुपमा रहेका छन् ।जिल्ला अदालतको वैशाख २९ गतेको फैसलाले आरोपितले अभियोग बाट सफाइ पाएका छन् । केही दिन अघि मात्रै भण्डारा क्षेत्रमा पनि एक बालिका आफ्नै काका पर्नेबाट यौन दुव्र्यवहारको शिकार बनेकी थिइन् । अर्को घटना हत्या सम्बन्धमा रहेको छ।
भरतपुर उपमहानगरपालिका उज्जवल टोलका ३३ वर्षीया जमुना काफ्ले चापागाईलाई गत वर्ष माघ १६ गते राति श्रीमान् ३८ वर्षीय त्रिभुवन काफ्लेले घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाए । जमुनाको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा सोही दिन निधन भयो । ०७३ वैशाख ५ गतेको फैसलाले त्रिभुवन काफ्लेलाई जन्मकैद भएको छ ।
त्यसैगरी आफ्नो भन्नेबाटै पीडित अर्को घटना बहुविवाह सम्बन्धमा रहेको छ । माडी बघौडाका ३५ वर्षीया भीमबहादुर दराईले घरमा पत्नी हुँदाहुँदै भरतपुर उपमहानगरपालिका ११ की ३५ वर्षीया सरिता दराईलाई ०७३ असार १५ गते दोस्रो पत्नीको रुपमा ल्याएको भन्दै पीडितले ०७३ साउन २४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिइन् ।भीमबहादुर र सरिता दुबैलाई प्रहरीले साउन २५ गते गिरफ्तार ग¥यो ।बहुविवाह मुद्दा दर्ता भएकोमा चितवन अदातलको मंसिर २० गतेको फैसलाले पीडक भीमबहादुर र सरिता लाई जनही एक वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना तोक्यो ।
भारतको बिहार बसन्तपुर थाना सिवान घर भई हाल भरतपुर उपमहानगरपालिका ४ बेलचोक बस्ने ४२ वर्षीय भगवान राय यादवले पत्नी ४० वर्षीया अमृता शर्मा यादवलाई आफ्नो इच्छाविपरित यौनसम्पर्क गरेको भन्दै पीडितले ०७३ भदौ २७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिइन् । त्यस्तै, नाता ले काकी पर्ने २६ वर्षीया महिलालाई ०७३ वैशाख १२ गते राति सुतिरहेको अवस्थामा कोराक गाविस १ का २७ वर्षीय सन्तोष थिङले बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्