×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : चितवनका जीशिअ यसरी गर्छन् सरकारी सम्पतिको चरम दुरुपयोग (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

EXCLUSIVE : चितवनका जीशिअ यसरी गर्छन् सरकारी सम्पतिको चरम दुरुपयोग (भिडियोसहित)

Artha Sarokar

१० माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

चितवन – आफ्नो पदीय मर्यादाको उपहास गर्दै चितवनका जिशिअले पटकपटक सरकारी गाडीको चरम दुरुपयोग गर्ने गरेका छन् । कार्यालयको नाममा रहेको बा.१.झ . ६६३२ नम्बरको महिन्द्रा गाडीको जिशिअ गोबिन्द प्रसाद अर्यालले पटक पटक दुरुपयोग गरे पनि उनलाई कसैले कार्वाहि गर्न सकेका छैनन् । सामान्यतः कार्यालयको अत्यावश्यक काम बाहेक सरकारी सवारी चलाउन सरकारले पुर्णतः बन्देज गरेको छ । यदी , चलाउनु पर्ने अत्यावश्यक काम नै भएमा जिल्ला प्रशासन कार्यालय सित अनिवार्य पास लिनुपर्ने हुन्छ । 

तर, दुर्भाग्य चितवनका मतियार बन्न पुगेका शिक्षा कार्यालयका अधिकारी गोबिन्द प्रसाद अर्याल त्यस्को कुनै प्रवाह गर्दैनन् । उनले आफ्नो पद र मर्यादालाई भुलेर सरकारी नियमलाई आघात पुर्‍याई आफ्नु व्यक्तिगत स्वार्थको लागि पटकपटक कार्यालयको गाडी प्रयोग गर्ने गरेका छन् । उनी सार्वजनिक बिदा र कार्यालय समय भन्दा बाहिर जिल्ला प्रहरी कार्यालय चितवनको अगाडी रहेको गेष्ट हाउस चौरमा कार्यालयको गाडी लगेर दुरुपयोग गर्छन् ।  स्रोतका अनुसार उनले आफ्ना आफन्तलाई समेत गाडी सिकाउन सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् ।

विशेष सूचनाका आधारमा अर्थ सरोकारको टोली आईतवार बिहान ७ बजे त्यसतर्फ प्रस्थान गर्दा उनै जिशिअ अर्याल कार्यालयको गाडी सहित सवारी सिक्दै गरेको अवस्थामा भेटिएका थिए । कार्यालयकै एक कर्मचारीले बताए अनुसार उनै अर्याल चार महिना अगाडि काजमा चितवन आउँदा समेत भरतपुर उपमहानगरपालिका ७ मा रहेको टाउन प्लानिङमा समेत कार्यालयको गाडी लगेर दुरुपयोग गरेका थिए । तर, त्यसबखत समेत उनलाई उन्मुक्ति दिएको थियो । 

सार्वजनिक सम्पत्तिको खुलेआम चरम दुरुपयोग हुँदा समेत जिल्ला प्रशासन कार्यालय चितवन रमिते बनेका छन् । जिशिअ गोबिन्द प्रसाद अर्यालले पद र मर्यादालाई भुलेर सवारीसाधनको दुरुपयोग गर्दा समेत जिल्ला प्रशासन कार्यालय का प्रजिअ नारायण प्रसाद भट्ट रमिते बनेका हुन् । जिल्लामा सरकारी गाडीको दुरुपयोग गर्नेको यो पहिलो घट्ना भने पक्कै होईन यस अघिका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहको पालामा समेत पुर्वी चितवन स्थित खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत अम्मरनाथ ढकालले कार्यालयको नाउँमा रहेको गाडीको चरम दुरुपयोग गरेका थिए । 
त्यस बखत समेत खैरहनी नगरपालिकाका अधिकृत ढकाललाई चितवनका तत्कालीन प्रजिअ बिनोद प्रकाश सिंहले केही कार्वाही गर्न सकेका थिएनन् भने, सामान्य स्पष्टीकरण समेत सोधेका थिएनन् । जिल्ला प्रशासन कार्यालय नै रमिते बन्दा जिल्ला मा एक पछि अर्को गर्दै सरकारी सम्पत्तिको चरम दुरुपयोग हुने क्रम बढ्दै गएको छ ।
यता, जिशिअ अर्यालले गाडीको चरम दुरुपयोग गरेको सम्बन्धमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट सित प्रतिक्रिया लिदा सरकारी कार्यालयको सम्पत्ति कसैले पनि दुरुपयोग गर्न नपाउने बताउँछन् । भट्टले भने, लाइसेन्स भएको कर्मचारीले मात्रै सवारी चलाउन पाउन्छन् तर, सिकारुले चलाउन पाउदैन् । यदी , त्यसो हो भने अर्याललाई अख्तियारले कारबाही गर्न सक्छ । म कार्वाही गर्न सक्दिनँ ।
यसैबीच , जिल्ला शिक्षा कार्यालयकै एक कर्मचारीले जिशिअ अर्यालले आफ्नु ब्यक्तिगत स्वार्थको लागी सरकारी सम्पत्तिको चरम दुरुपयोग गरेको भन्दै छानबिनका लागि क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाको ध्यानाकर्षण गराएको छ । कार्यालयका एक कर्मचारीले जिल्ला प्रशासन कार्यालय चितवनले नसुनेको र स्पष्ट प्रमाण हुँदा समेत कार्वाही गर्न सक्दिनँ भनेपछि आवश्यक छानबिनका लागी र जिशिअ अर्यालको मनपरि बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रणमा लिन क्षेत्रीय प्रशासन कार्यालयको हेल्लो सरकार ११११ मार्फत उजुरी गरेका हुन् । जवाफमा क्षेत्रीय प्रशासन कार्यालय मकवानपुरले कार्वाही को लागी जिल्ला प्रशासन कार्यालय चितवनमा पत्राचार गरेको तर, जवाफ् अझै नआएको स्पष्ट पारे ।
हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी