×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपति अतिथि बनेको कार्यक्रममा यस्तो नाटक : आइक्यानका अध्यक्षले राष्ट्रपतिलाई यसो गरौँ भनेर अर्हाएपछी…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ माघ २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

राष्ट्रपति अतिथि बनेको कार्यक्रममा यस्तो नाटक : आइक्यानका अध्यक्षले राष्ट्रपतिलाई यसो गरौँ भनेर अर्हाएपछी…

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल चार्टड एकाउन्टेट्स संस्थाले दिक्षान्त समारोह आयोजना गर्यो । भर्खर पास भएका सिएहरु उत्साहित हुँदै कार्यक्रममा पुगे भने पूराना सिएहरु पनि आइक्यानको सराहनीय काम भन्दै समारोहमा पुगे । तर समारोहमा आइक्यानले गरेको तल्लो स्तरको व्यवहारले कार्यक्रम खल्लोमात्र भएन, केहि सिएहरु रिसले ‘चुर’ पनि भए । तर ‘प्रोफेसनल’ भएकाले त्यत्रो कार्यक्रममा झगडा गर्ने कुरा पनि भएन । तर आइक्यानले गरेको हेपाहा व्यवहार र सिएहरुको बेइज्जतका कारण सिएहरु अमिलो मन बनाएर फर्किए । 

सिएहरुलाई दिक्षान्तनै गरिएन 
दिक्षान्त समारोह सिएहरुका लागि थियो । राष्ट्रप्रमुखका हैसियतले आएकी राष्ट्रपतिले उपस्थित सिएहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम थियो । स्रोतका अनुसार राष्ट्रपति कार्यालयमा पनि त्यहि जानकारी पुर्याईएको थियो भने सिएहरुलाई पनि त्यहि जानकारी दिइएको थियो । 
तर कार्यक्रममा संथाका अध्यक्ष महेश खनाल ‘भिलेन’ सावित भए । ‘उपस्थित सबै सिएहरुलाई प्रमाणपत्र दिने कार्यक्रमका साथ आएकी राष्ट्रपतिलाई आइक्यानका अध्यक्ष महेश खनालले ‘सबैलाई गर्दा समय लाग्ने भो, ३ जनालाई गरौँ’ भनेपछि राष्ट्रपतिले हुन्छ भनिन् । नभनुन् पनि कसरी, संस्थाका अध्यक्षले भनेको आफुलाई केहि थाहा नभएको विषय । त्यसपछि तीन जनालाई दिक्षान्त गरियो । सुरेश देवकोटा, भवनाथ दाहाल, र उमेश ढकाल’ स्रोतले सिए सरोकारसंग भन्यो ।
कन्भोकेसन सिए उतिर्ण भएकाहरुका लागि कि आइक्यानका पार्षदहरुका लागि ?
अझ दु:ख त उपस्थित सिएहरुलाई त्यो बेला लाग्यो जव तीन सिएहरुलाई सिए नभई पार्षद भनी सम्बोधन गरी दिक्षान्त गरियो । पालैपालो भवनाथ दाहाल, पार्सद आइक्यान, सुरेश देवकोटा, पार्सद, आइक्यान, र उमेश ढकाल, पार्सद आइक्यान भनेर बोलाइयो र उनीहरुलाई दिक्षान्त गरियो । ‘पार्षदकै हैसियतले दिक्षान्त हुने भए, विद्यार्थी  किन बोलाएको ? भवनाथ दाहाललाइ नेपालको पहिलो सिए भनेर किन सम्बोधन गरिएन ? किन पार्षदको बिल्ला भिराइयो । उमेश ढकाल पार्सद हुँदा उनी सिए थिएनन् । सुरेश देवकोटाको आफ्नै योगदान होला तर उनी पार्षद भन्दा पहिला सिए हुन्, नेपालको सिए । यो परिचय लुकाइयो । यो सबै नियोजित रुपमा महेश खनालले गरेका थिए ।’ एक सिएले आक्रोशित हुँदै अर्थ सरोकार डटकमसंग भने ।   
‘सबैलाई राष्ट्रपतिको हातबाट प्रमाणपत्र दिने भनिएर बोलाइयो, तर सिटमा सर्टिफिकेट वितरण गरियो । अधिकांस सिएहरु आफ्नो बेइज्जत भएको भन्दै घर फर्किए । आइक्यानको कन्भोकेसनमा सिएहरुको बेइज्जत गरियो, अध्यक्ष ‘हिरो’ पल्टिएपछी समारोह ‘राजनीतिक’ बन्यो’ घर फर्कन लागेको र आफु गाडीमा रहेको बताउने एक सिएले दुखी हुँदै सिए सरोकारलाइ बताए ।

सिएहरुमा चरम असन्तुष्टी, आइक्यानलाई प्रश्नै प्रश्न…

काठमाडौँ – आइक्यानले गरेको ‘कन्भोकेसन’मा अधिकांस सिएले दुखेसो पोखेका छन् । कतिपय सिएले आफ्नो बेइज्जत भएको बताएका छन् भने कतिपयले आइक्यानले आफ्ना उत्पादनहरुलाई तल्लोस्तरको प्रतिक्रिया दिएको बताएका छन् । यसैबीच कन्भोकेसनपछी अर्थ सरोकार डटकमका पत्रकारसँग कुराकानी गर्दै ४ सिएहरुले ११ प्रश्न राखेका छन् । तपाईं पनि पढ्नुहोस्, कुन कुन तपाईंलाइ पनि सहि लागे, आफैं मनन गर्नुहोस्:
१. कार्यक्रम सिए उतीर्ण आफ्ना ‘प्रोडक्ट’हरुलाई थियो कि आइक्यानका पार्षद्हरुलाई ? दिक्षान्त पार्षदहरुलाई ‘पार्षद’ नै भनेर बोलाएर पो गरियो त ! आखिर किन ?
२. यदी सिटमा ल्याएर सर्टिफिकेट बाड्नु थियो भने किन पहिला नै नभनेको ? सबैलाई राष्ट्रपतिले दिने भनेर किन झुक्याईएको ? हामी ललि-पप खुवाएर फकाउने केटाकेटी हौँ र ?
३. दिक्षान्त भएका तीन सिएहरुलाई सबैको प्रतिनिधि भनेर दिक्षान्त गरियो । हाम्रो प्रतिनिधि छान्ने हैसियत हाम्रो हो कि अरुको हो ? यस विषयमा हामीसँग सल्लाह किन गरिएन ?
४. भवनाथ दाहाल पहिलो सिए भन्ने चर्चा गर्नुको साटो, पार्षद् भनेर किन दिक्षान्त गरियो । भवनाथ दाहाललाइ सम्पूर्ण सिएहरुले दिने इज्जतको किन धज्जी उडाइयो ?
५. उमेश ढकालको नाम थिएन, र पछी महेश खनाललाइ ढकालले थर्काएपछी नाम राखियो भन्ने सुनिएको छ । २०१० भन्दा पहिला पास गरेका सिएहरु थिए । के आधारमा उनको नाम आयो ?
६. हामीले अरुको पनि दिक्षान्त समारोह हेरेका छौं । राष्ट्रपति तयार थिइन् भन्ने कुरा आएको थियो । महेश खनालले भिलेन खेले । किन ? उनलाई कार्यक्रम छिटो सकेर के गर्नु थियो ?
७.कन्भोकेसनको अर्थ के हो ? पास भएका सिएहरुको इज्जत हुन्छ, एकपटक भए पनि बेइज्जत गर्नुपर्छ भन्ने हो ? अधिकांस सिएले आफ्नै इन्स्टिच्युटका अध्यक्षलाइ सरापेर हिंडेको पीडा कसले बुझ्यो ?
८. सबैलाई प्रमाणपत्र दिन के को महाभारत थियो ? सबैले राष्ट्रपतिको हातबाट प्रमाणपत्र पाए आफु सानो हुने डर थियो कि क्या हो अध्यक्षज्यूलाई ? यस्तो तल्लो स्तरको व्यवहार प्रस्तुत हुन्छ भन्ने थाहा पाएको भए दिक्षान्त हुन भनेर कोहि आउने थिएनन् होला । समय र पैसाको बर्वादी मात्र किन गराइयो ? 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: