×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादीले शिलान्यास गरेको पुल ओलीले पनि गरे शिलान्यास, भने, ‘४६ वर्षअघि कट्टु लगाएर यहीँबाट वारपार गर्थेँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माओवादीले शिलान्यास गरेको पुल ओलीले पनि गरे शिलान्यास, भने, ‘४६ वर्षअघि कट्टु लगाएर यहीँबाट वारपार गर्थेँ’

Artha Sarokar

८ माघ २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – गृह जिल्ला भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दमक–१७ को बेतिनी–मावा–आम्बारी पुल, शिलान्यास गरेका छन् । उक्त पुल बुधबार नै माओवादी केन्द्रका नेतालले शिलान्यास गरेका थिए । उक्त पुल माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी ‘गगन’ ले बुधबार शिलान्यास गरिसकेका थिए । 
‘झापा क्षेत्र नम्बर–७ लाई नमुना क्षेत्रको रुपमा विकास गर्न लागिरहेको छु । संविधानसभाको पहिलो  निर्वाचनमा म यहाँको प्रतिनिधि हुन नसक्दा विकास पुराना स्थितिमा नै रहे । अब यस क्षेत्रको विकास अरुका लागि अनुकरणीय हुने छ ।’ कार्यक्रममा बोल्दै ओलीले भने ।  
कार्यक्रममा बोल्दै ओलीले अगाडी भने, ‘मलाई अहिले यो पुल शिलान्यास गर्दा २०२७ साल असार १५ गतेको याद आयो ।आज भन्दा करिब ४६ वर्ष अघि म मुक्ति बरालको घरमा भूमिगत जीवन विताइरहेको थिएँ । त्यसैबेला कट्टु लगाएर यही खोला वार–पार गरेर मुरइका डल्ला र जेरी खान्थ्यौँ । त्यसैबेला यो खोलामा पुल बनाउन पाए हुन्थ्यो भन्ने लागेको थियो । म भूमिगत हुँदा कहिले हरिबहादुर बस्नेत त कहिले के नाममा यही बाटो हिँडडुल गर्थे । कुलझोडामा कुलबहादुर लिम्बू प्रधानपञ्च थिए । उनका भाइ प्रेमबहादुर लिम्बू प्रगतिशील विचारधाराका थिए । त्यसैबेला उनको हत्या भएको थियो ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी