×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ मलमा डनको आगमन ! व्यवसायी बने त्रसित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौँ मलमा डनको आगमन ! व्यवसायी बने त्रसित

Artha Sarokar

११ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । व्यापारीले रजगज गर्दै आएको सुन्धारास्थित काठमाडौं मलमा राजधानीका कुख्यात् डन राजु गोर्खालीको आगमन हुँदा व्यापारीहरू त्रसित भएका छन् । कर्मचारी सञ्चयकोषको उक्त भवनमा डन गोर्खालीले टेन्डर पारेर सोमबारबाट व्यवस्थापनको जिम्मा लिएसँगै व्यापारीहरू त्रसित भएका हुन् । शिवलक्ष्मी कोंजुको नामबाट अत्याधिक टेन्डर बिट गरेका गोर्खालीले १५ वर्षको लागि मलको भाडा उठाउने जिम्मा पाएका हुन् । 
गोर्खालीले मासिक २ करोड ७१ लाख भाडा बुझाउने गरी सञ्चयकोष सँग सम्झौता गरेका छन् । उक्त भाडा उठाउन डन गोर्खालीले अहिलेको भाडाको तुलनामा पाँचगुना बढी भाडा उठाउनु पर्ने हुन्छ । जसको कारण व्यापारीहरू आतंकित बन्न पुगेका हुन् । जनप्रहार साप्ताहिकका अनुसार घिल्लो महिनासम्म व्यापारीले एक करोडको हाराहारीमा भाडा बुझाउँदै आएका थिए । 
यसअघि सन् २००६ बाट उक्त मलको व्यवस्थापन गरेको व्यवसायी पम्पी राणाले सञ्चयकोषलाई मासिक ८० लाख बुझाउने गरी ठेक्का पारेका थिए । मलमा साना–ठूला गरेर ३ सयवटा पसल तथा संस्थाहरू रहेको छ । ६ महिना अगाडी भएको टेन्डरमा ११ जनाले आवेदन दिएका थिए । जसमा डन गोर्खालीले दुई वटा नामबाट टेण्डरबिट गराएका थिए ।  डन गार्खालीले पहिलो रेट मासिक ३ करोड १७ लाख र दोस्रो २ करोड १७ लाख तिर्ने गरी बिट गरेका थिए । भने अन्य ९ फर्मले १ करोड ५१ लख भन्दा कममा टेण्डर बिट गराएका थिए । बैंक ग्यारेन्टीबापत राखिएको ५७ लाख जफत गराउँदै गोर्खालीले आफ्नो दोस्रो नामबाट बिट गरिएको टेण्डरबाट सञ्चयकोषसँग सम्झौता गरेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी