
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले पछिल्लो १० महिनाको अवधिमा बारा, पर्सामा विद्युत् चुहावट गर्ने ३ सय ८५ जनालाई पक्राउ गरी ५४ लाख रुपैया“ राजस्व असुली गरेको छ।
विद्युत प्राधिकरणमा नयाँ प्रवन्ध निर्देशक कुलमान घिसिङ आएपछि विद्युत चुहावट नियन्त्रणले तीब्रता पाएपछि राजस्व संकलन बढेको हो। विगत १० महिनादेखि सक्रियरूपमा विद्युत् चुहावट नियन्त्रण टोली परिचालित गरी जरिवाना असुल गरिएको वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी गराए ।
वीरगञ्ज नगरक्षेत्र, पर्साको रतनपुर, इटियाही, उदयपुर घुर्मी, ड्राइपोर्ट बहुअरी, सानो पिपरा, ठूलो पिपरा, प्रसौनीबिर्ता, इनर्वा, अमरपट्टी, झौवा, पोखरिया सबस्टेसन क्षेत्रको गाउँहरु, जानकी टोलालगायतका ठाउ“मा रातिको समयमा हुकिङ गरेर विद्युत् चुहावट गरेकाहरूलाई गस्ती टोलीले पक्राउ गरेको थियो ।त्यसैगरी बाराको बहुअरी ,लिपनीमाल ,रामपुरटोकनी ,प्रसौनीलगायतको क्षेत्रबाट पनि विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरिएको उनले बताए ।
विद्युत् कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले राति ११ देखि बिहान ४ बजेसम्म गाउ“गाउ“मा गस्ती गर्दै आएको छ । ठूलो सङ्ख्यामा विद्युत् चोरी गर्नेहरू पक्राउ पर्न थालेपछि गाउ“लेहरू विद्युत् चोरीतर्पm निरुत्साहित हुन थालेका छन् । पक्राउ परेका व्यक्तिहरूबाट उनीहरूको घरमा जडान भएको विद्युत् लोडको आधारमा जरिवाना असुल गराइन्छ । विद्युत् ऐन अन्तर्गत टोलीलाई अवरोध गरेको खण्डमा १० हजार रुपैया“ जरिवाना र ६ महिना कैदको पनि व्यवस्था रहेको प्रमुख श्रीवास्तवले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्