×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा कुष्ठरोगीको संख्या घट्दै, चालु आर्थिक वर्षमा २४ जनामात्र भेटिए

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवनमा कुष्ठरोगीको संख्या घट्दै, चालु आर्थिक वर्षमा २४ जनामात्र भेटिए

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो सात महिनामा चितवनमा २४ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । ‘समयमै कुष्ठरोगको उपचार गरौँ, अपांगता हुनबाट बचौँ’ भन्ने नारासहित जनस्वास्थ्य कार्यालय चितवनले भरतपुरमा ६४ औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा यस्तो जानकारी दिएको हो ।

जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा ७१ जनामा देखिएको यो रोग आर्थिक वर्ष २०७२/७३ मा तीनजना थपिएर ७४ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षय तथा कुष्ठरोग अधिकृत जयराम दुवाडीले जानकारी दिनुभयो । तीमध्ये ३८ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लाका कुल कुष्ठरोगीमध्ये ६३ जनामा सर्ने खालका र ११ जनामा नसर्ने खालका रोग देखिएको जनाइएको छ । 
सर्ने खालका रोग देखिएका धेरै भएकाले जोखिम पनि बढ्दो छ । उहाँका अनुसार नेपालमा कुष्ठरोग निवारणको अवस्थामा आएको भए पनि चितवनमा अझै निवारण हुनसकेको छैन् । प्रति एक हजार जनामध्ये एकजना भन्दा तल कुष्ठरोग देखियो भने त्यसलाई निवारण मानिन्छ । तर , चितवनमा प्रति एक हजारमा १ दशमलव १२ रहेको छ । चितवनको आठ वटा पहाडी गाविसमा कुष्ठरोगीको सङ्ख्या शून्य रहेको तर भरतपुर उपमहानगरमा सबैभन्दा धेरै रोगी फेला परेको जनाएको छ ।
 भरतपुरमा प्रति १० हजारमा दुई जना रोगी भेटिएका छन् । आर्थिक वर्ष २०७२ ÷ ७३ को तथ्याङ्क अनुसार नेपालको ५० जिल्लामा प्रति १० हजारमा एक जना भन्दा कम बिरामी छन् । तर, तराईका १८ जिल्लामा सबैभन्दा बढी बिरामी छन् भने डोल्पा, मनाङ, मुस्ताङ, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बु र भक्तपुरमा रोग फेला परेको छैन । समयमै उपचार गरे रोग सजिलै निको हुने र यो रोगका लागि एक मात्रा औषधिले ९९ प्रतिशत काम गर्ने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय कुमार झाले जानकारी दिनुभयो ।
 यो रोगको उपचार निःशुल्क मात्रै छैन उपचारमा आएकालाई सरकारले यातायात खर्च समेत दिँदै आएका छन् । किटाणुबाट रोग लाग्ने भएकाले ‘पूर्व जन्मको पाप’ भनेर भ्रम नफैलाउन सबैमा कार्यालयले अनुरोधसमेत गरेको छ । यो रोग पूर्ण निको पार्न बढीमा १२ महिनासम्म औषधि लिनुपर्छ । नेपालमा अहिले दुई हजार ५६३ जना रोगी नियमित उपचारमा छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: