×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोक सेवाले माग्यो एघार सय नायब सुुब्बा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लोक सेवाले माग्यो एघार सय नायब सुुब्बा

Artha Sarokar

२७ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – के तपाई सरकारी जागिरको खोजीमा हुनुहुन्छ  त्यसो हो भने तपाईको त्यो चाहाना पुरा हुन सक्छ। बुधबार मात्र लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहमा १ हजार १ सय १२ जना नायब सुब्बाका लागि दरखास्त माग गरेको छ । जसमध्ये ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् । बाँकी भने निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् ।
लोकसेवाले माघ १८ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो । सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रका लागि १ सय ९८ नासु मागिएको छ । पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चल क्षेत्रीय ५७, सुदूरपश्चिमाञ्चलका लागि ४३ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।
यसमा आन्तरिक र खुला दुबै गरी प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि ५ सय ९२, लेखा समूहका लागि २ सय २२ र राजस्व समूहका लागि ७७ जना नासु पदमा नियुक्त हुनेछन् । अन्य समूहहरुमा पनि नासुका लागि दरखास्त खुलेको छ ।
खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा हुनेछ । दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगले जनाएको छ । नायव सुब्बा दरखास्त दिन न्यूनतम शैक्षिक योग्यता प्रबणिता उत्तीर्ण वा सो सरहको नेपाली नागरिक हुनुपर्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी