×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालेखा कार्यलयमा बेरुजु रकम ३ खर्ब २८ अर्ब ५२ करोड नाघ्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महालेखा कार्यलयमा बेरुजु रकम ३ खर्ब २८ अर्ब ५२ करोड नाघ्यो

२६ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वादददाता 

काठमाण्डौ – महालेखाको रिपोर्ट अनुसार सो आर्थिक बर्षमा मात्रै ५१ अर्ब २७ करोड ७७ लाख बेरुजु देखिएको छ । सोमध्ये जम्मा २ अर्ब ४९ करोड ८९ लाख रुपैंयाँको मात्रै सम्परिक्षण गरिएको छ । बाँकी ४८ अर्ब ७७ करोड ८८ लाख रुपैंयाँको बेरुजु फस्र्योट हुन सकेको छैन ।महालेखा परिक्षक कार्यलयको अनुसार अघिल्लो आर्थिक वर्षमा मात्र बेरुजु रकम ३ खर्ब २८ अर्ब ५२ करोड नाघेको छ ।
सो आवमा ८८ अर्ब पुँजीगत खर्च भएकोमा २८ अर्ब ७४ करोड रुपैंयाँ विकास खर्च असार महिनामा मात्रै भएकाले पनि बेरुजु बढाउन मदत गरेको हो । सोही आवमा ३५ अर्ब रुपैंयाँ रकमान्तर गरिएको महालेखा परिक्षक कार्यालयले जनाएको छ ।
महालेखा परिक्षकको कार्यलयको अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय ९ अर्ब २ करोड बेरुजु देखिएको छ । त्यस्तै,दोश्रोमा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको ७ अर्ब २३ करोड बेरुजु पुगेको छ । तेश्रोमा अर्थमन्त्रालयको बेरुजुको भ्योल्युम उच्च छ ।
अर्थ मन्त्रालयको बेरुजु ५ अर्ब ५५ करोड पुगेको छ । त्यस्तै गृह मन्त्रालयको बेरुजु ५ अर्ब ११ करोड, शिक्षा मन्त्रालयको बेरुजु ३ अर्ब ७९ करोड पुगेको छ । शहरी विकास मन्त्रालयको ३ अर्ब ६८ करोड,रक्षा मन्त्रालयको ३ अर्ब ९ करोड बेरुजु देखिएको छ । सिंचाई मन्त्रालयसँग २ अर्ब ६८ करोड र स्वास्थ मन्त्रालयको बेरुजु २ अर्ब २३ करोड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: