
- नेरुता मोक्तान तामाङ
गाइको मासु खाने हरुले विश्व हल्लाइसके, गाइको सुसु पिउने हरु अझै गोबर खाने तर्क गर्छ ! महिनावारी भगवानलेनै दिएर पठाएका हुन, महिनावारी हुदा त्यहि भगवान छुन नहुने यो कस्तो संस्कार हो ?
जनसंख्या बृद्धिकालागी महिनावारी अपरिहार्य छ, कसैको बलजफति अपहेलन सहनलाई हैन ॐ कारपरिवारको वुद्दि महिनावारी हुने ठाउँतिरै छन भनि सावित गराउँन खोजेको हो ?
विशेषगरी यो कुरिती, कुसंस्कार हिन्दुसमाज अन्तरगत पर्ने भएको हुँदा, यस्ता पुरनातन रुढिबाढी बिरुद्ध हामी भन्दापनि हिन्दु नारीहरुनै ससक्तरुपमा जागरण हुनु पर्ने देखिन्छ ।
कुनबेला सुत्केरी आमालगेर गाइसंग राख्न बेर लाउदैनन् । यो कुनै भगवानको सर्त हैन , यो त केबल सामाजिक सर्त हुन , सामाजिक सर्त कुनै भगवान द्वारा अविष्कार भएका हैनन् यो त मान्छेले रचेका सर्त हुन । नेपाली हिन्दुसमाजको शन्दर्भमा यस्लाइ भनिन्छ लैंगिक बिभेद ।

यस्तै बिकृति त्याग्न नसकेको कारण हिन्दु धर्म विस्वसामु फैलिन नसकेका हुन, बुद्धधर्म लगभग एसियाको बिभिन्न राष्ट्रमा व्यापक फैलिसके, जे सुकै भन विस्वकै प्रख्यात धर्म क्रिस्चियन नै हो क्यार ! यहाँबाट पनि केहि पाठ सिक्ने गर पण्डीत बा ! हामी बौद्ध मार्गीहरु यस्ता बिकृति लात हान्दै हाम्रो धर्म विस्वसामु फैलाएर बुद्ध जन्मेका देश नेपाल भनेर चिनाउला , तपाइहरु संधै यस्तै गोबर खाने तर्क गर्दै आफ्नै संस्कार पतन गराउदै बस्नुस हाम्रो भन्नु केहि छैन !!
अहम्ताले आफैलाइ शखाप पार्छन !