×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर सम्बन्धि सम्पूर्ण स्रोत सामाग्री सहितको अनलाइन पोर्टल बजारमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कर सम्बन्धि सम्पूर्ण स्रोत सामाग्री सहितको अनलाइन पोर्टल बजारमा

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – आयकर सम्बन्धि सम्पूर्ण श्रोत सामग्री एकै ठाउँ भएको अनलाइन पोर्टल www.nepaltaxonline.com सार्वजनिक भएको छ । पोर्टलभित्र आन्तरिक राजस्व विभागले जारी गरेका सम्पूर्ण परिपत्र एवं निर्देशनहरु, आयकर सम्बन्धि सर्वोच्च अदालत तथा राजस्व न्यायाधिकरणले गरेका महत्वपूर्ण निर्णयहरु, कर सम्बन्धि मुख्य समस्याहरु र त्यसको समाधान एवं विगत ५ वर्ष देखिको ऐन, नियमावली एवं निर्देशिकाको ब्याख्यालाई प्रयोग गर्न सजिलो हुने गरी समावेश गरिएको जनाइएको छ ।
पोर्टलको निर्माण एस्टर एडभाइजरी प्राइभेट लिमिटेडका तर्फबाट कर विज्ञ मुकुन्द देव अधिकारी एवं अधिवक्ता सरोज कृष्ण घिमिरेले गरेका हुन् । यससम्बन्धि जानकारी दिदै अधिकारीले हाल यो पोर्टल ठुला व्यवसायिक संस्था एवं एनजीओ / आइएनजीओहरुलाई उपयोगी हुने गरी तयार गरिएको र यसै महिनाभित्र सिए फर्म एवं लेखापरीक्षकहरुका निम्ति पनि तयार हुने जनाए । ‘यो पोर्टल तयार गर्न एस्टर एडभाइजरी प्राइभेट लिमिटेडले असार महिनादेखिनै कर सम्बन्धि तालिमहरु संचालन गरी त्यसमा छलफल भएका समस्याहरुलाई सबैलाई लाभहुने गरी पोर्टलमा राखिएको छ ।’ अर्थ सरोकार डटकम सँग कुराकानी गर्दै अधिकारीले भने।
  
आयकरका निम्ति यो पोर्टलमा उपलब्ध सन्दर्भ-सामग्री यसअघि एकै ठाउमा कहिल्यै उपलब्ध नभएको, नियमित आउने समस्याहरुकालागी पोर्टलमा लग-इन मात्र गरेर पनि समस्याको समाधान हेर्न सक्ने, अप्ठ्यारा समस्याकालागी करको सहि ब्याख्या गर्न सबैलाई सहयोग पुर्याउने एवं यसको प्रयोग बढ्दै गएपछि व्याख्यामा एकरुपता आउने पोर्टलका एक प्रयोगकर्ताले अर्थसरोकार डटकमलाई बताए । 
के छ त पोर्टलमा ?
नेपालमा रहेका बैंक, इन्सुरेन्स, अन्य व्यवसायिक संस्था एवं एनजीओ, आइएनजीओ सबैलाई अत्यन्तै उपयोगी हुने भनिएको पोर्टलमा एनजीओ/आइएनजीओहरुमा अधिकांशरुपमा आउने अग्रिम कर, भ्याट फिर्ता, कर छुट संस्थाको आय एवं कर्मचारीको आय गणनामा देखिएका समस्याहरुलाई समेत विशेष रुपमा समावेश गरिएको बताइएको छ । पोर्टलमा नभएका समस्याहरुका लागी कम्पनीका कर विज्ञलाई सोध्न मिल्ने सुबिधा समेत रहेको छ । 
प्रयोगकर्ता कसरी हुने ?
पोर्टलको प्रयोग गर्न संस्थाहरुले पहिलोपल्ट रु ५४५०, मासिक शुल्क रु २००० असार सम्मको एकमुष्ट रुपमा तिर्नुपर्ने एवं यो शुल्कहरुमा हाललाई १०% छुट रहेको कम्पनीको वेव साइटमा जनाइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: