×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा प्रभावकारी देखिएन, न्युज २४ को सीधा कुरा जनतासँग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवनमा प्रभावकारी देखिएन, न्युज २४ को सीधा कुरा जनतासँग

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाडौं – अर्थ सरोकारले सोमबारको अंकमा चितवनका जिल्ला शिक्षा अधिकारीले सरकारी गाडीको दुरुपयोग गरेको भनी सप्रमाण एक्स्लुसिभ मार्फत पर्दाफास गरेपछि मकवानपुर हेटौंडा बस्ने आशरिती पाण्डेले मंगलबार राती ९:०५ मा न्युज २४ बाट प्रशारण हुने सिधा कुरा जनतासंगमा टेलिफोन मार्फत प्रश्न राखे ।
चितवनका जिशिअले पटकपटक सवारी साधन दुरुपयोग गर्ने गरेको भन्दै कार्वाही हुन्छ कि हुँदैन ? शिक्षा मन्त्रालयमा सोधिदिनु हुन अनुरोध गरे । तर, त्यहाँका एक महिलाले उनको समस्या नै नसुनी फोन काटेको पाण्डेले बताईन । चितवन संबाददाता प्रनिश थापालाई टेलिफोन गर्दै पाण्डेले यस्तो बताएकी हुन् । उनी भन्छिन्  मैले पैसा नलाग्ने नम्बर १६६००११२४२४ मार्फत आफ्नु गुनासो राखेको थिए ।
 मेरो फोन प्रस्तोता रबि लामिछाने सित ट्रान्सर्फर भएनन् । एउटा लेडिजले फोन उठायो र समस्या नै नसुनी फोन राखिदिए को बताइन् । मैले गुनासो राख्न फोन गरेको थिए । उहाँले, फोन उठाउनु भयो । मैले चितवनका जिशिअले गाडी दुरुपयोग गरेको बारे गुनासो टिपाउन खोजेकी हु , मात्रै के भनेकी थिइन उहाँले समस्या बुझिसकेको भन्दै फोन राखिदिएको बताइन् ।
उनी प्रश्न गर्छन् :  नाम , गाडी नम्बर , कहाँको जिशिअ हो ?  केही , अत्तोपत्तो नै नभई कसरी मेरो गुनासो बुझें भन्नुभयो उहाँले म आश्चर्यजनक भएको छु । पाण्डेले भनिन् ‘यस अगाडि मैले चार वटा उजुरी टिपाएको थिए । त्यो एउटा पनि सम्बोधन भएन ।’
 नाममात्रको सेवा हो , सिधा कुरा जनतासंग । जनताको गुनासो सुन्छु भन्ने तर, नसुन्ने परिपाटी अन्त्य हुनुपर्ने उनी बताउछिन् । सिधा कुरा जनतासंग कार्यक्रम ल्याएका न्युज २४ ले मंगलबार, बिहीबार र शनिबार गरेर हप्ताको तीन पल्ट प्रस्तोता रवि लामिछानेबाट राती ८: ५० बजेबाट कार्यक्रम सुरु हुने बताएका थिए ।
जनताको गुनासो सुन्ने भने पनि आफ्नु पायक पर्ने मान्छेको मात्रै गुनासो सुन्ने गरेकोमा नागरिकले असन्तुष्टि जनाएका छन् । यता, न्युज २४ भने यो मान्न तयार छैनन् । हामीले वास्तविकता बुझ्न कार्यालय को ०१४४४६१९९ मा बुधबार बिहान १० बजे सम्पर्क गरेका थियौं । त्यहाँका कर्मचारीले जनताको गुनासो शतप्रतिशत सहि नभएको बताए ।
त्यहाँका एक कर्मचारीले भने, हामीले जनताको गुनासो सुन्ने भनेरै यो कार्यक्रम ल्याएका हौं । जनताको गुनासो हामीले किन नसुन्ने, शतप्रतिशत सुन्छौ । कहिँ कत्तै समस्या भए त्यो बेग्लै कुरा हो । तर, अहिलेसम्म एक महिना दुई हप्ताको अवधिमा हामि कहाँ २ हजार भन्द बढी जनताको गुनासो आईसकेको सन्दर्भमा कसरी भन्न सकिन्छ गुनासो सुन्दैन भनेर ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: