×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कसको इसारामा चलेका छौ सरकार ? प्रणव मुखर्जी आउँदा विदा दिने, पृथ्वी जयन्तीमा नदिने ?


  • रेखा ग्वायमरु 
क्रिसमसमा विदा दिने भनेर सरकारले अघिल्लो दिन निर्णय गर्यो । ठ्याक्कै अघिल्लो दिन, मन्त्री परिषद्को निर्णयबाट । प्रणव मुखर्जी नेपाल आउँदा समेत सार्वजनिक विदा दिएको सरकारले पृथ्वी जयन्तीका दिन विदा दिन्छनै भन्ने थियो सबैलाई । तर त्यसो भएन । सरकारले निरीहता प्रस्तुत गर्यो, सार्वजनिक विदा भएन । हुन त विदा दिएर मात्र सम्मान हुने पनि होइन, तर प्रश्न स्वाभिमानको छ । त्यसो भए प्रणव मुखर्जी नेपाल आउँदाचाहिं किन दिएको त विदा ?      
पृथ्वीजयन्तीमा सरकारी विदा घोषणा गर्नका लागि  सरकारले किन यति ठूलो कञ्जुस्याइँ गर्‍यो ? क्रिश्चियनहरु भन्दा पनि ठूलो संख्यामा नेपालीहरु पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताका प्रतीक मान्छन् र उक्त दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्ने आवाज उठाउँदै आइरहेका छन् भन्ने कुरा किन बुझेन सरकारले ? भारतीय पात्रभन्दा देशको माया बढी लाग्छ नेपालीलाई भन्ने कुरा किन विर्सियो सरकारले ? प्रणव मुखर्जीलाई विदा दिने सरकारले किन दिएन वा दिन आवश्यक ठानेन सार्वजनिक विदा !
दिउँसो एक कार्यक्रममा आफु पृथ्वी जयन्तीको दिन विदा दिन सकारात्मक भएका प्रचण्ड, राती किन नकारात्मक भए त्यहि कुरामा ?  के जनताको बोलीको कुनै मूल्य हुँदैन ? भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सरकारले सार्वजनिक विदा दिएकोमा आलोचना भएको थियो । किन बुझेन वा बुझ्न चाहेन सरोकारले जनताको मत ? 
अव हरेक जनतालाई जवाफ चाहिएको छ, ‘आखिर कसको इसारामा चलेका छौ सरकार ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: