
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले मिडियाु लाई थ्रेटका रुपमा लिएको छ। राष्ट्र बैकले २०१७/२०२१ को रणनीतिक योजना बनाउनका लागि बुधबार याक एण्ड यति होटलमा गरेको छलफल कार्यक्रममा मिडियालाई थ्रेटका रुपमा लिएको छ।
गभर्नर डा। चिरञ्जिबी नेपाल, डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ तथा विभागीय प्रमुखलगायत उपस्थित कार्यक्रममा मिडियालाई थ्रेटका रुपमा लिनु पर्ने एक कार्यकारी निर्देशकले बताए।
विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुङ्गानाले सुझावका क्रममा राष्ट्र बैंकका लागि मिडिया ठूलो थ्रेट भएको बताएका थिए।
मुद्रा, वित्त र ब्याज दरका बारेमा सरकारले निर्देशन दिनसक्ने गरी नयाँ ऐनले व्यवस्था गरेको भन्दै त्यसले राष्ट्र बैंकको स्वायत्ततामा धावा बोल्ने काम भएको छलफलमा कुरा उठेको थियो। साथै यो व्यवस्था संशोधन गराउन राजनीतिक रुपमा पहल गर्न पनि कार्यकारी निर्देशकहरुले सुझाएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्