×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेयर बजारमा बर्ष २०१६ : चर्चामा रहीरहे यी पात्रहरु…

PRIME CA

नेपाली सेयर बजारमा बर्ष २०१६ : चर्चामा रहीरहे यी पात्रहरु…

१७ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाली सेयर बजारमा केहि पात्रहरु निकै चर्चामा रहे बर्ष २०१६ मा । नेप्सेका महाप्रबन्धक सीताराम थपलियादेखि धीतोपत्र बोर्डका रेवत वहादुर कार्की निकै चर्चामा रहे । सेयर लगानीकर्ता संघले गरेको आन्दोलनमा नेतृत्व गरेका छोटेलाल रौनियारदेखि अर्थ सरोकार टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्ताका कारण दुर्गा काफ्ले पनि  चर्चामा रहिरहे । यता ‘विचार नै मेरो परिचय’ भन्ने नारा बोकेर सामाजिक सञ्जालमा छाएका रोहन शर्मा पनि चर्चामा रहे बर्ष २०१६ मा ।
रोहन शर्माले लेखेका ब्लगहरुका कारण उनी चर्चामा रहिरहे । बजारमा उनका ‘फलोअर’ बढी हुनुले पनि उनको चर्चा बर्षभरी नै चलिरह्यो । एक पटक आफ्नो फेसबुक आइडी डीएक्टिभेट गरेर चर्चामा आएका उनी पुन: सामाजिक सञ्जालमा देखिएपछि उनी पुन चर्चामा आएका थिए ।
सामाजिक सञ्जालका विभिन्न फोरमहरुमा ‘बजार बलियो नभएको र बजार घट्ने’ अभिव्यक्ति दिईरहेका कारण दुर्गा काफ्ले चर्चामा रहीरहे । अझ अर्थ सरोकार टेलिभिजन कार्यक्रममा उनले दिएको खरो अन्तर्वार्तापछी त उनको चर्चा चुलीमै पुग्यो ।
नेपाली पूँजी बजारमा अनलाइन सिष्टम ल्याउन बाधक भएको आरोप लागेका नेप्सेका महाप्रबन्धक सीताराम थपलिया बर्ष २०१६ मा निकैनै विवादमा तानिए भने धीतोपत्र बोर्डका रेवत बहादुर कार्कीको चर्चा पनि उस्तै रह्यो । धीतोपत्र बोर्डले आफुलाई काम नै गर्न नदिएको सिताराम थपलियाले आरोप लगाईरहे भने यता सेयर लगानीकर्ता संघको आन्दोलनको नेतृत्व गरेका छोटेलाल रौनियारको चर्चा पनि बर्षभरी नै रह्यो ।    
      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: