
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन्। भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको हो।
अब कोठा सजावटका केही काम काम बाँकी छन्,’ भवन विभागका सिनियर डिभिजन इन्जिनियर ९सिडिई० हिमाल केसीले भने, ‘एक–दुई दिनभित्रै नवनिर्मित भवन सर्नका लागि तयार हुनेछ।’केसीका अनुसार राष्ट्रपतिकी छोरीको विवाहका कारण नयाँ भवनमा सर्ने दिन लम्बिएको हो। ‘पहिले नै सार्ने योजना थियो, अब विवाह सकिएपछि उहाँ नवनिर्मित भवनमा सर्नुहुन्छ’, केसीले भने।
भवन दुई प्याकेजमा निर्माण गरिएको छ। पहिलो प्याकेजमा भवनको संरचना खडा गरिएको हो भने दोस्रोमा आन्तरिक सजावटको काम भएको हो। विभागका अनुसार पहिलो प्याकेजअन्तर्गत २८ करोड २४ लाख रुपैयाँ खर्च भएको छ। दोस्रो प्याकेजअन्तर्गत ३३ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ।
भवन बेसमेन्टसहित पाँच तलाको छ। भवन निर्माणमा कुल ६१ करोड ९९ लाख रुपैयाँ खर्च भइसकेको छ। नवनिर्मित भवनमा राष्ट्रपतिलाई सारेपछि अहिले राष्ट्रपति कार्यालय रहेको भवन भने भत्काइने भएको छ। नयाँपत्रिका दैनिकबाट साधार गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्