×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीमतिको उपचारको लागि जम्मा गरिएको लाखौं रकम , श्रीमानले सिध्याए मोटरसाइकल र क्यामरामा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

श्रीमतिको उपचारको लागि जम्मा गरिएको लाखौं रकम , श्रीमानले सिध्याए मोटरसाइकल र क्यामरामा

३ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौँ – अष्ट्रेलिया  जस्तो विकसित ठाउँमा जान पाउदा हामी जस्तो अविकसित ठाउँको मानिस को चै खुसी हुदैन र त्यस्तै  सृष्टी खनालले अष्ट्रेलिया जादा छुट्टै संसारमा पुगेको महसुस  गरेकी थिइन् । उनीसँग श्रीमान त्यहा पुगेकी  थिइन । विकसित मुलुकको भिसा थियो त्यो ।
 जव उनी त्यहा पुगिन  निक्कै नै गर्वको महसुस गरिन । धेरै सपनाहरु देखिन उनले त्यहा । जव उनको मृगौला फेल भयो, अर्को रोग ब्रेन हेमरेजसमेत थपियो । अनायास उनी कोमामा पुग्न वाध्य भईन  । उनको यस्तो अबस्था देखेर नेपाली तथा विदेशीहरुले  सहयोगी हात अगाडि बढाए ।
उनको उपचारको लागि हजारौं रुपेयाँ जम्मा भयो । सामाजिक सेवाका लागि भनेर विभिन्न संघ संस्था तथा व्यक्तिले सकम जम्मा गरे । तर  उनको उपचारका लागि जम्मा भएको रकम उनका श्रीमानले किनमेल गरेर उडाईदिए   । उनको उपचार सहयोगका लागि जम्मा भएको १ लाख ८० हजार अष्ट्रेलियन डलर  डलर उनका श्रीमानले दुरुपयोग गरे । यही घटना अहिले पश्चिमा संचारमाध्यममा छाइरहेको छ ।
विभिन्न विषयहरु  सामाजिक सन्जालमा भाइरल हुने गर्छन् । केही समयअघि सृष्टिको उपचारको लागि खर्च अभाव भएको समाचार समेत सामाजिक संजालहरुमा भाइरल भएको थियो ।सन् २०१४ जुलाई २२ मा उनी श्रीमानसहित अष्ट्रेलिया गएकी थिईन् । अनेकौं सपना बोकेर मास्टर्स इन इन्फरमेशन टेक्नोलोजी विषयको अध्ययनको लागी सृष्टि अष्ट्रेलिया  हानिएकी थिईन् ।
उनी अष्ट्रेलिया पुगेको एक महिना दिनमा नै मृगौलाको समस्या देखियो । चिकित्सकले सृष्टिलाई ब्रेन हेम्ब्रेज भएको र मृगौला फेल भएको बताए । उनलाई उपचारका लागि रोयल मेलबर्न हस्पिटलमा राखिएको थियो । उनको बाँच्ने सम्भावना ५ प्रतिशत मात्र भएको जानकारी चिकित्सकले दिएका थिए । पढ्नका लागि विदेश गएकी सृष्टिसँग केही डलर मात्र बाँकी थियो । विरामी हुदाँ उनको तौल घटेर ३५ केजीमा झरेको थियो ।
अष्ट्रेलियामा रहेको नेपाली समुदायलगायत सामाजिक संजालमा उनको उपचारका लागि खर्च जुटाउने कार्य अघि बढ्यो । जम्मा भएको सबै पैसा उनका श्रीमान दिजेश कोइरालाले राखेका थिए ।उनको उपचारका लागि पहिलो पटक निता थपलियाले १ सय १० डलर जम्मा गरेकी थिईन् भने २ हजार ८८ जनाले अनलाईबाटै ८५ हजार ३ सय ३४ डलर उनका उपचारका लागि दान गरेका थिए । उनको उपचारका लागि उनका बाबा पनि अष्ट्रेलियामा पुगेका थिए ।
श्रीमती हस्पिटलमा कोमामा रहँदा समेत उनका श्रीमान दिजेस सामान किन्न बजार जान थाले । उनका श्रीमानले मोटरसाइकल र क्यामरा किने । उनका साथीले सृष्टिलाई दिएको जानकारीअनुसार उनले ल्यापटप किन्नसमेत डलर छुट्याए । कोइरालाले ५ हजार डलर आफ्नो परिवारलाई नेपाल पठाएको जानकारी सृष्टिले प्राप्त गरेकी थिईन् ।
 दुई महिनाको अस्पताल बसाईपछि उनी निको भएर आफ्नो अपार्टमेन्टमा फर्किँदा नयाँ सामान थपिएको देखिन् । पछि उनी आफ्नो बाबाको साथ नेपाल फर्किएकी थिईन् । नेपाल फर्किएपछि उनका सासूससूराले समेत आफूलाई भेट्न नआएको गुनासो उनले गरेकी छन् ।
अहिले पति दिजेस उनको सम्पर्कमा छैनन् । त्यहाँको सोलिसिटर शमशेर थापाले सृष्टिको सहयोगका लागि श्रीमान्सँग अधिकार पाउन निशुल्क मुद्दा लडिरहेका छन् । दीजेश अहिले नेपालमा छन् । उनलाई सृष्टिको तर्फबाट लिगल नोटिस पठाइएको छ । सृष्टि आफ्नो सम्पत्तिको अधिकार पाउन कानुनी लडाईंमा छिन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: