×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

धुर्मुस सुन्तलीको नाममा ठगीधन्दा !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – यसअघि भारतीय विज्ञापन चोरी गरेर चर्चामा आएको पोषक पलेट दाना कृषक लुट्न लागिपरेको तथ्यको खुलासा भएको छ । पोशाक पलेट दानाको उत्पादक कम्पनी ‘ओम चाबो विरो फीड उद्योग सञ्चालकहरु कृषकलाई भ्रममा पार्दै ठगी गर्दै आएको खुलासा भएको छ ।  ‘यो रूंगटास ग्रुपद्वारा उत्पादित पोशाक पलेट दाना प्रयोगले उत्पादन वृद्धि हुनुभन्दा ह्राश आएको गुनासो किसानहरुले गर्न थालेका छन् भने यो ब्राण्डको गुणस्तरमाथि नै प्रश्नचिन्ह उठेको छ ।
यता किशानहरुले खाध्य अनुसन्धान, गुणस्तर तथा नापतौल र वाणिज्य विभागका कर्मचारीहरुको मिलेमतोमा उद्योगले कमसल दाना बेचेर जनता ठग्ने गरेको आरोप लगाउंदै आएका छन् । धुर्मुस सुन्तली जस्ता नाम चलेका सेलिब्रेटीको प्रयोग गरेर जनता लुट्ने काममा उक्त कम्पनी लागि परेको किसानहरुको आरोप छ ।
नियम अनुसार राखिनुपर्ने उत्पादन मिति, नाप तौल आदि नराखी मनपरी ढङ्गले उक्त दाना विक्री वितरण गरिरहेर उक्त कम्पनीले कृषकलाई ठग्दै आएको छ । प्रति बोरा २६०० मूल्य पर्ने भनिएको भएपनि सो दानालाइ मनपरी ढङ्गले विक्री वितरण गरिएको स्रोतको दावी छ । यसबारे जानकारी लिन ०१-४२३०९२० मा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले हालसम्म मूल्य नराखी दानाको विक्री भएको स्वीकार्दै बाँकी कुरा आफुले भन्न नमिल्ने बताएका छन् ।     
‘ठग्नेको कहिले पनि भलो हुँदैन’ भनेजस्तै यहि कम्पनीलाई एएनएस क्रिएसन नामक विज्ञापन एजेन्सीले अरुको नक्कली विज्ञापन चोरेर ठगेको थियो ।  
 एएन एस क्रिएसनले पोशक पेलेट दानाको विज्ञापन कम्पनीले हुबहु चोरेको छ । शब्ददेखि संगीतसम्म सबै चोरीका । भारतमा बज्ने गाडीको विज्ञापनलाई नेपालको कुखुराको दानाको विज्ञापन बनाएर कम्पनीले आफ्ना क्लाइण्ट र जनतालाई त ‘बेवकुफ’ बनाएको छ नै, समग्र नेपालको समेत बेइज्जत गरेको छ ।

तर चोर विज्ञापन एजेन्सीले यो विज्ञापन भारतको एक गाडीको विज्ञापनबाट हुबहु चोरेर बनाएको रहेछ । हेर्नुहोस् यो चोरीको विज्ञापनको सक्कली अनुहार :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: