×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ महिनामा २१ गाडी त्रिशुली नदीमा खस्यो

PRIME CA
GLOBAL IME BANK

६ महिनामा २१ गाडी त्रिशुली नदीमा खस्यो

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • प्रनिश थापा / अर्थ सरोकार डटकम

काठमाण्डौ – गत  साउनदेखि माघ १६ गतेसम्मको अवधिमा त्रिशूली नदीमा २१ वटा गाडी खसेका छन् । भने , डुबेर हालसम्म १८ जना बेपत्ता, ३५ जनाको मृत्यु र ७९ जना घाइते भएका छन् । जसमध्ये ११ घटना रातको समयमा भएका छन् ।
कहिँले कति खस्यो :-
माघ १६ गते दुई ट्रक दारेचोक ४ स्थित नाग्दी खोला क्षेत्रबाट त्रिशूलीमा खसेका छन् । त्रिशूलीमा ट्रक डुब्दा त्यसमा सवार गोरखा नारेश्वर ९ वस्ने वर्ष ३७ को कृष्णबाबु बस्नेत हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । त्यस्तै, साउन महिनामा ४ वटा, भदौ महिनामा ४ वटा, असोज महिनामा ४ वटा , कात्तिक महिनामा  २ वटा , मंसिर महिनामा १ वटा , पुस महिनामा २ वटा र माघको १६ गते सम्ममा ४ वटा गाडी त्रिशूलीमा नदीमा खसेका छन् । सबैभन्दा बढी १४ वटा ट्रक त्रिशूलीमा खसेका छन् ।
 ३ वटा बस, २ वटा जीप, एउटा एम्बुलेन्स र एउटा ट्रयाक्टर त्रिशूलीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । २१ दुर्घटना मध्ये भदौ १० गते चण्डिभन्ज्याङ–५ मा भएको बस दुर्घटना र असोज ९ गते दारेचोक–३ घोप्टेभीरमा भएको पूर्व गृहमन्त्री माधव घिमिरे सवार जीप दुर्घटना बढी चर्चा र चासोको विषय बनेको थियो । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ३७०९ नं को रात्रि बस अनियन्त्रित भई सडकबाट २०० मिटर तल त्रिशूली नदीमा खस्दा २५ जनाको मृत्यु भएकोमा १० जना बेपत्ता छन् । 
त्यस्तै पूर्व गृहमन्त्री माधव घिमिरे समेत सवार रहेको बा ९ च १५३१ नं को जिप अनियन्त्रित भई सडकबाट २०० मिटर तल त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको र २ जना हालसम्म बेपत्ता छन् । बेपत्ता हुनेमा घिमिरे समेत छन् । ६ महिना १६ दिनको अवधिमा मुग्लिनदेखि जुगेडी सम्मको क्षेत्र मा १३ वटा गाडी त्रिशूलीमा खसेको छ । मुग्लिन देखि चितवन धादिङको सिमाना मौवा खोलासम्म को क्षेत्रमा ८ वटा गाडी त्रिशूलीमा खसेका छन् । खसेका मध्ये केही गाडी त्रिशूलीमा हालसम्म पनि हराइरहेका छन् ।
 दारेचोक ४ नाग्दी खोला नजिक वीरगंजबाट काठमाडौंतर्फ चामल लोड गरी जाँदै गरेको ना।५। ख ५६५४ नम्बरको ट्रक आइतबार अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक चालक धादिङ खयरघारी २ बस्ने वर्ष २० को रामशरण वाग्लेलाई ट्रकबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । 
वाग्लेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइ रहेको छ । त्यस्तै , आइतबार नै दारेचोक–३ कुरिनटारमा वीरगंज बाट काठमाडौतर्फ जाँदै गरेको ना। ६। ख ४७२९ नं को लामखुट्टे धुप लोड गरेको ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना मा सिन्धुपाल्चोक चकचमे ३ बस्ने वर्ष २६ को चालक हरि बस्नेत र सहचालक सोही ठाउँका वर्ष १८ को निरज भुजेलको भरतपुरमा उपचार भइरहेको छ ।
के,भन्छन् प्रहरी :-
अधिकांश घटनामा गाडी चालकको लापरवाही नै मुख्य कारण देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । उनले भने, ‘चालक आफै संवेदनशील र सचेत नहुँदा दुर्घटना भइरहेका छन्।’ चालकको कम उमेरका कारण परिपक्वता नहुनु, बढी आत्मविश्वासी बन्नु, जथाभावी उछिन्न खोज्नु, बाटोको अवस्थाबारे ध्यान नदिनु लगायतको समस्याका कारण दुर्घटना भइरहेको एसपी थापाले बताए ।
मुग्लिन नारायणगढ सडक क्षेत्रमा बाटो निर्माण भएकाले चालकले ध्यान नदिँदा दुर्घटना हुने गरेको चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । निर्माणधीन बाटोको अवस्थाबारे थाहा हुँदा पनि हतार गर्ने प्रवृत्तिले घटनाहरु हुने गरेको उनले बताए । चालकको लापरवाहीका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको एक अध्ययनले देखाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: