
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एनबी इन्सुरेन्सका सञ्चालक योगेन्द्र राइ बर्खास्त हुने भएका छन् । एनबी इन्सुरेन्स वीमा सम्बन्धि ऐन विपरित चलेको खबर सार्वजनिक भएपछी वीमा समितिले एनबी इन्सुरेन्सका नाममा पत्र काटेको छ ।
वीमा सम्बन्धी ऐन अनुसार फौजदारी अभियोग प्रमाणित भएका कुनै पनि व्यक्ति इन्सुरेन्स कम्पनीको सञ्चालक पदमा बस्न नपाइने स्पष्ट उल्लेख छ । तर सो ऐनलाई मिच्दै एनवी इन्सुरेन्सको सञ्चालक पदमा सर्वोच्च अदालतले फौजदारी अभियोग प्रमाणित गरेका योगेन्द्र राई रहेको तथ्य खुलेको समाचार सार्वजनिक भएको थियो । उनी बालाजी इन्टरनेशनल प्रालि नामक कम्पनीको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहँदै आएका थिए ।
कम्पनीको नियम विपरित अध्यक्ष भन्दै हस्ताक्षर गरेको अभियोगमा मुद्धा परेपछि ‘राई नेशनल हाइड्रोको अध्यक्ष भएको मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि भएको नदेखिएको स्थितिमा राईले उक्त कम्पनीको अध्यक्षको हैसियतले प्रमाणपत्र नं. १६९४२, परिचयपत्र नं. ४७१३ को सेयर प्रमाणपत्रमा हस्ताक्षर गरेको देखिँदा सो कार्य कम्पनी ऐन २०६३ को दफा १३८ विपरीत भएकोले यस्तो कार्य नगर्नू’ भनी योगेन्द्र राईको नाउँमा आदेश आएको स्पष्ट देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्