×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थ्रीएस ईनभेस्टेमेन्टले गर्यो अर्को राम्रो काम, सेयर बजारसम्बन्धी एक दिने आधारभूत तालिम सम्पन्न

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

थ्रीएस ईनभेस्टेमेन्टले गर्यो अर्को राम्रो काम, सेयर बजारसम्बन्धी एक दिने आधारभूत तालिम सम्पन्न

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – थ्रीएस ईनभेस्टेमेन्ट प्रालिले नयाँ ठिमीमा सेयर बजार सम्बन्धी एक दिने आधारभुत तालिम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा कुल ३१ जनाले सहभागीता जनाएका थिए । ‘तालिमका लागि २५ जना मात्र लग्ने हाम्रो योजना थियो । तर हामीले लागानीकर्ताको वचन काट्न नसक्दा हामीले ठाउँको अभाव हुँदाहुँदैपनि,तालिममा ३१ जनालाई समावेश गर्न सौभाग्य प्राप्त भयो ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष राज बजगाईंले अर्थ सरोकार डटकमसँग भने ।  
तालिममा  कृष्ण गिरीबाट प्राथमिक बजार र दोश्रो बजारको परिचय दिंदै त्यसका विभिन्न तत्वको बारेमा प्रस्ट पारेका थिए । त्यस्तै दोश्रो ‘सेसन’मा सन्तोष राज बजगाईले सेयर बजारमा असर पार्ने तत्त्वहरुको बारेमा आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा दिलिम मुनकर्मीबाट कम्पनीका आधारभुत पक्षका बारेमा प्रस्ट पारेका थिए । 
कार्यक्रमको अन्त्यमा दुईजना सहभागीलाई गोला प्रथाबाट पुरस्कारको समेत व्यवस्था गरिएको थियो । कार्यक्रमको अन्त्यमा प्रमाणपत्र वितरण गरी कार्यक्रमको समापन गरिएको थियो ।  ‘हाम्रो यो प्रयास सफल पारीदिने सम्पूर्ण शुभचिन्तकलाई धन्यवाद । आगामी दिनमा पनि यस्तै कार्यक्रम सन्चालन गर्ने छौ ।  आज हामीले प्रतीव्यक्ति ६०० रुपैया लगेतापनी अर्को हप्ता सोही ठाउँमा हामीले निशुल्क सेमिनार आयोजना गर्ने पनि यसै सुचना बाट जानकारी गराउंदछौ ।’ कम्पनीका सीइओ बजगाईंले अर्थ सरोकार डटकमसँग भने ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: